काठमाडौं, साउन ९ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाईन्स विमान दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाइलट मनिष शाक्य घाइते भएका छन्। उनको केएसमी अस्पतालमा उपचार चल्दैछ।
नेपाली सेनाका अनुसार दुर्घटनामा ज्यान गुमाउने १३ जना सबै सौर्य एअरका कर्मचारी हुन्। बाँकीको खोज र उद्धारमा शुरक्षा निकाय लागिपरेको छ। प्लेनलाई सी(चेकको लागि पोखरा जाने तयारीमा थियो। त्यसमा सौर्य एअर कर्मचारीहरु मात्रै थिए। काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन(एएमई जहाजमा १९ जना यात्रारत रहेको खुलासा भएको छ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणको अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडान भर्न लागेको हो। प्राविधिक प्रयोजन परीक्षणका लागि उडान भर्न लागेको उक्त जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ। अहिले पनि उद्धारको काम जारी छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।
सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । दुर्घटना भएको सौर्य जहाजमा १९ जना थिए ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।
प्रतिक्रिया