कञ्चनपुर,साउन ९ गते ।
कञ्चनरुप नगरपालिका नगर प्रवक्ता एवं वडा नम्बर ८का वडाअध्यक्ष कृष्णाप्रसाद साहको मिलोमतोमा अनियमित काम भइरहेको पाइएको छ ।
काम नै नगरी गत असार २४ गते नै भुक्तानी भएपनि कञ्चनपुर नगर अस्पतालमा तल्ला थपको काम अहिलेसम्म पुरा भएको छैन् । अवैध तरिकाले उपभोक्ता समिति बनाएर वडाअध्यक्ष साहले अनियमिता गरेको समाजिक अभियन्ता रोशनराज ठाकुरले बताए ।
काम सम्पनन भएको भुक्तानी भइसकेपनि साउनको पहिलो साता सकिदा समेत हतार हतार काम भइरहेको छ । प्रदेश सरकारको विशेष अनुदान ३० लाखको बजेटमा निमार्ण भइरहेको उक्त कामबारे सरोकारवालाले गैर जिम्मेबार भएको पाइएको छ ।
कञ्चनरुप नगरपालिका प्रवक्ता,वडा नम्बर ८का वडाअध्यक्ष एवं नगर अस्पतालका सदस्य समेत तीन ओटा पद धारण गरेका कृष्णा प्रसाद साहले काम उपभोक्ता समिति मार्फत भइरहेको जानकारी गराएपनि उपभोक्ताको अध्यक्ष को हो आपूmलाई थाह नभएको बताए ।
अध्यक्ष साहले भने,प्रदेश सरकारको विशेष अनुदान ३०मध्ये १५ लाख भुक्तानी भएको छ,तर उपभोक्ता समितिको अध्यक्ष एक जना गुप्ता हो जस्तो लाग्छ ।’ अवलोकित दैनिकले नगर प्रवक्ता,अस्पताल समिति सदस्य र वडाअध्यक्ष समेत तीन ओटा पद धारण गरेर समितिको अध्यक्षको नाम थाह छैन भनेर गैर जिम्मेबार भएनन् ? भन्ने प्रश्नमा वडाअध्यक्ष साहले वडासचिव गएर समिति बनाएकोले आपूmलाई जानकारी नभएको बताए ।
समाजिक अभियन्ता ठाकुरले वडाअध्यक्ष र नगरप्रमुखको संलग्नताका अनिमिता भइरहेको जानकारी दिएको छ । समाजिक संजालमा भिडियो पोष्ट गर्दै अभियन्ता ठाकुरले निमार्णस्थलमा योजनाको कुनै बोर्ड नराखेको र जानकारी लिदा समेत कसैले जानकारी नदिएको बताए ।
यसअघि कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले आफनो भाई संजय गुप्ता(मामाको छोरा)लाई अस्पतालको प्रमुख बनाउदा समेत त्यसबेला अस्पतालका अध्यक्ष रहेका कृष्णा प्रसाद साहले आफूलाई केही थाह नभएको र आफू कुनै पनि हालतमा अस्पतालमा हाजिर हुन नदिने संचारकर्मीले जनाएका थिए । तर पछि डाक्टर संजयसँगको मिलोमतोमा अनियमित तरिकाले एक बर्षयता लाखौंको औषधी खरिद गरेको पाइएको छ ।
नगरअस्पतालका प्रशासन हेर्ने सिनियर अहेब बिरेन्द्र साहले समेत उपभोक्ता समितिमा को रहेको छ ? आपूmलाई जानकारी नभएको बताए ।
प्रतिक्रिया
pjgoceEfLS
२0८१ श्रावण १२ गते ५:५९
qvnAJFwkxoSERD
जवाफ दिनुहोस्
pjgoceEfLS
२0८१ श्रावण १२ गते ५:५९
qvnAJFwkxoSERD
जवाफ दिनुहोस्