कञ्चनपुर, साउन १० गते ।
कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले बिशेष नगरसभा बोलाउनका लागि बिहिबार निवेदन दर्ता गराएकी छिन् ।
उपप्रमुख पोखरेलले एकतिहाई नगरसभा सदस्यको हस्ताक्षर सहित नगर प्रमुख ललन प्रसाद गुप्तालाई बिशेष नगरसभा बोलाउन निवेदन दर्ता गाराएकी हुन् । उपप्रमुखले बिशेष नगरसभा बोलाउन दिएको निवेदनमा तोक लगाउदै पाँच दिन भित्र नगरसभा बोलाउन निर्देशा दिएका छन् ।
विषयहरु
(१) उपप्रमुख मुना पोखरेलले कञ्चनरुप न.पा. को न्यायीक समिती नियमित संचालन गरीरहेको उक्त समिती शुकवार र मंगलबार नियमीत कार्य सम्पादन र निर्णय समेत आदी गरिरहेको, सामाजिक विकास शाखा अन्तर्गत महिला बालवालीका आपांगको कार्य नियमित रुपले सचालन गरिरहनु भएको अवस्थामा उपमेयर नगरपालीकामा अनुपस्थित रहेको भन्ने जस्तो हास्यास्पद र विल्कुल झुठको काम कारोवार नगरी स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरेको देहाय बमोजिमको कानूनी समितीहरु मार्फत विधिसम्मत ढंगले नगरसभा गरी विकास निर्माणको योजना तय गर्न चरणवद्ध रुपमा निम्न कार्यहरु गर्नुपर्ने देखिएको छ ।
(क) स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २४ ले निर्दिष्ट गरे बमोजिम योजना वनाई कार्यान्वयन गर्न ऐको दफा २५ को राजस्व परामर्श समितीलाई कानून वमोजिम सञ्चालन गर्ने, उपस्थित उपमेयरलाई कार्य गर्न नदिइ अनुपस्थित देखाई कानूनको मर्म विपरितको कार्य नगर्ने ।
ख) श्रोत अनुमान तथा वजेट निर्धारण समितीको स्वरुप ऐनको दफा ६६ मा निर्दिष्ठ गरे बमोजिम नै सञ्चालनमा ल्याई कार्य अगाडी वढाउने, प्रमुख र उपप्रमुखको उपस्थितीलाई वहाना बनाएर लोप गर्न नपाइने ।
(ग) ऐनको दफा ६७ ले निर्दिष्ठ गरेको वजेट तथा कार्यकम तर्जमा समितीमा उपप्रमुख नगरपालीकामा उपस्थित रहंदा रहदै योजना एवम रकम विनियोजनको विषयमा चलखेल गर्ने नियतवाट संयोजक उमपेयरलाई नै वाहेक गरी वजेट तथा कार्यक्रम निर्माण गरेर अख्तीयारको दुरुपयोग गरी बजेट तथा कार्यक्रम निर्माण नगर्ने, यस्तो काकून विपरितको कार्य भएमा अख्तियारको दुरुपयोग गरेको ठहरिने ।
(घ) ऐनको दफा ७१ बमोजिमको अवधी यस वर्ष पनि भुक्तान नै सकेको, गत वर्ष पनी २०८० साल असोजमा मात्र नगरसभा गरिएको, सो सभामा समेत उपमेयरलाई कानून बमोजिमको काम गर्न नदिई कानून विपरितको काम भएको तथ्य आत्मसात गरी यस बर्ष नगर विकासको लागी कानून बमोजिमको मापदण्ड पु–याई तत् पश्चात मात्र नगरसभा गर्न गराउन वाध्यकारी रहेको कारणले सो विपरित नगर्ने नगराउने विषयमा सामुहीक प्रतिवद्धता समेत गर्नुपर्ने भएको ।
२. अतः प्रकरण १ को (क) देखिएको (घ) सम्मको ऐजेण्डा हरुमा गम्भीर छलफल चलाई कानून बमोजिमको निस्कर्षमा पुग्न आवश्यक भएकोले तात्काल उक्त ऐजेण्डामा विशेष नगरसभा वोलाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ बमोजिम प्रस्तुत लिखित अनुरोध गरेका छौं । कानून वमोजिम कचनरुप नगरपालीकाको विशेष साधारणसभा बोलाई पाउँ ।
प्रतिक्रिया