दिवा खाजा वापत रकम वितरण

  • कार्तिक ८, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर,कार्तिक ८ गते ।
कञ्चनरुप नगरपालिका –५ पथरी स्थित भगवती राष्ट्रिय आधारभुत विद्यालयले विहीबार दिवा खाजा वापत रकम वितरण गरेको छ ।
    गत २०७५/०७६ को दिवा खाजा वापतको निकासा रकम ३ लाख ३२ हजार १ सय विद्यलायले बाल विकास देखि कक्षा ५ सम्मका दुई सय ११ जना छात्र छात्राहरुलाई प्रति विद्यार्थी वापत एक हजार पाँच सय ७३ रुपैयाको दरले वितरण गरेको हो ।
    उक्त वितरण कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नं ५का वडा अध्यक्ष कैलाश कुमार साह,विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष सावित्री देवी यादव,वडा सदस्यहरु,छिमेकी विद्यालय प्रअ महेश परीयार,प्रमोद यादव, राजाराम प्रसाद गुप्ता र नगर शिक्षक अभिभावकहरुको उपस्थितीमा वितरण गरीएको भगवती राष्ट्रिय आधारभुत विद्यालय प्रअ गजेन्द्र प्रसाद देवले बताए ।

प्रतिक्रिया