कञ्चनपुर, साउन १० गते ।
कञ्चनरुप नगरपालिकाको नगरप्रहरीको निगरानीले बिहिबार २ जना साईकल चोर पक्राउ परेका छन् ।
कञ्चनपुर हटिया बाट साईकल चोरी गरेर भाग्ने क्रममा २ भारतीय नागरिकलाई नगर प्रहरीले पक्राउ गरि ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाइृ जिम्मा लगाएका छन् ।
साईकल चोरेर भाग्ने क्रममा पक्राउ पर्ने दुबै जना भारत भिमनगरका मो.फुर्सिद र मो.मुर्सिद रहेको नगर प्रहरीले जनाएको छ ।
नगर पालिकाको नगरप्रहरी ए.के. साहले कार्यालयको छतबाट निगरानीले गर्दा दुबै जना चोरलाई पक्राउ गर्न सफल जनाएको छ ।
नगर प्रहरी साहले भने, ‘प्रत्येक हटियाका दिन साईकल चोरी हुने क्रम बढेपछि हाम्रो टिमले साईकल चोरी गर्ने माथी ठाउ–ठाउँमा खटिएर निगरानी बढाएपछि चोरलाई पक्राउ गर्न सफल भएका छौं ।’
कञ्चनपुरमा आइतबार, मंगलवार र बिहीबार लाग्ने गरेका प्रत्येक हाटका दिन करिब १ महिला २ जना पुरुष गरि औसतमा तीन जनाको साईकल चोरी भईरहेको स्थानीयहरुले जानकारी दिए ।
स्थानीयका अनुसार साईकल चोरी गर्नेहरुको सन्जाल समेत रहेको बताईएको छ ।
प्रतिक्रिया