जनकपुरधाम, साउन ११ गते ।
संघिय सरकारका महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहको उपस्थितीमा रोजगारीको सिलसिलामा भारतको जम्मु कश्मीर गएपछि बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरलाई परिवारको जिम्मा लगाईएको छ ।
सिरहाका २१ र धनुषाका ७ जनालाई उद्धार गरी धनुषा ल्याइएकोमा शुक्रबार एक कार्यक्रम बिच परिवारको जिम्मा लगाईएको धनुषाका सहाक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले बताए ।
सीडीओ भुसालका अनुसार उनीहरुलाई कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएको उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पहलमा भारतीय स्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्यिा संस्थाको समन्वयमा नेपाल फर्काएको हो ।
बिहीबार साँझ नेपाल फर्काएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । शुक्रबार जनकपुरमा परिवार मिलन कार्यक्रम गरी जिम्मा लगाइएको छ ।
कार्यक्रममा मन्त्रालयका महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, सह–सचि आभास श्रेष्ठ, मधेश प्रदेशका खेलकुद तथा सामाज कल्यालाण मन्त्री जैशवाल सहितको उपस्थितिमा पालिकाहरुको रोहरबरमा सम्बन्धित परिवारका अभिभावकलाई जिम्मा लगाइएको हो ।
मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेका उनीहरु ५ महिनादेखि पारिवारिक सम्पर्कमा थिएनन् ।
प्रतिक्रिया