कञ्चनपुर,साउन ११ गते ।
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भुवन वहादुर केसी र सचिव रोशन गुप्ताको मिलोमतोमा विपन्नका लागि चर्पी निमार्णमा समेत अनियमितता भएको आरोप लागेको छ ।
उपभोक्ता समितिका अध्यक्षले केसीले समितिका सचिव रोशन गुप्तालाई चर्पी निमार्णको जिम्मा दिएर अनियमितता गरेको पाइएको छ । गत आर्थिक बर्ष नै करिब ६ सय ६२ वटा चर्पी बिपन्न तथा दलित वस्तिहरु बनाउनु पर्नेमा कमशल समान प्रयोग गरी चर्पी बनाएपछि अधिकाश चर्पी प्रयोग विहीन अवस्थामा छ ।
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एउटा चर्पी निमार्णका लागि १० हजार रकम बिनयोजन गरेको थियो । कञ्चनरुपको वडा नम्बर ४,८,९,११,१२र ७ मा ६सय ६२ चर्पी मध्ये करिब ५ सय ३१ जनाको घरमा चर्पी बनेको भएपनि अधिकाशं प्रयोग बिहीन अवस्थामा रहेका छन् ।
कन्चनरुप ८ की दुर्गी देवि रामका अनुसार चर्पीको रिङ्ग र प्यान लगाउनुका साथै बासको बत्तीलाई तीन तह बनाएर घेराबेरा गरेको कारण प्रयोग नहुदैँ भत्किएको छ । उनले भनिन,‘ ३ ओटा रिङ्ग,प्यान र बाँसको बत्तीले शौचालय घेरा गरेपनि चर्पीमा प्रयोग हुने पाईप नदिएको कारण निमार्णकै क्रममा शौचालयको घेराबेरा भत्किएको छ । ’
एक वर्ष अगाडि नै चर्पी बनाउन आउदा अधुरो छोडेर जादा फर्केर हाल सम्म्म नआएको रामले बताइन् । समाजिक अभियानता रोशनराज ठाकुरले भने,‘कञ्चनरुप ८ को उपभोक्ता समितिमा म पनि छु तर यही वडामा चर्पी बन्दा हामीलाई कुनै जानकारी छैन । कुनै सोधपुछ भएको छैन ।’
कञ्चनरुप नपा ८का वडा संयोजक राधेकृष्ण गुप्ताका अनुसार १० हजार रुपैया शौचालयको लागि बजेट रहेको भएपनि मुश्किलले ५ हजार रुपैया खर्च गरेर ५ हजार रुपैया अनियमिता गरेको छ ।
कञ्चनरुप नपा ९का उपभोक्ता समितिका वडास्तरीय समितिका संयोजक दक्ष नारायण श्रेष्ठले शौचालय निमार्णका लागि एउटा पेश्की फर्छौट नहुदेँ अर्को पेश्की दिन नहुनेमा मनलाग्दी पैसा खर्च गरेको बताए । उनले भने,‘ शौचालय निमार्णमा भएको अनियमितताबारे हामी पनि छानविन गरीरहेका छौं ।’
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भुवन बहादुर केसीले शौचालय निमार्णमा अनियमितताको आरोप लागेको भएपनि त्यसको पुष्टि भइ नसकेको बताए । अवलोकितले उपभोक्ता समितिका सचिवलाई नै शौचालय निमार्णको जिम्मा कसरी दिनु भयो ? कानून अनुसार त्यसरी काम गर्न मिल्छ ? भन्ने प्रश्न गर्दा शौचालय निमार्णका लागि अरु संस्थालाई भनेपनि न्यून रकम रहेकोले नगरेका कारण सचिवलाई काम गर्न जिम्मा दिएको बताए ।
प्रतिक्रिया