कञ्चनपुर, साउन १२ गते ।
कञ्चनरुप नगरपालिका ४ स्थित शुभलक्ष्मी बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले बचतकर्ताहरुको करिब २ करोड रकम फिर्ता नगरेपछि पीडितहरुको प्रहरी कार्यालय पुगेको छ ।
सहकारी संचालक समिति र कर्मचारीहरुले सहकारी संस्थाका सदस्यहरुको २ करोडबढी रकम फिर्ता गर्न आनाकानी गरेपछि पाँचजना सहकारी अभिकर्ता ( बचत उठाउने मान्छे) ले पीडित पक्षको अगुवाई गर्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा निवेदन समेत दर्ता गरेका छन् ।
सहकारीलाई राजनीति गर्ने थलो बनाएपछि शुभलक्ष्मी बचत तथा ऋृण सहकारी संस्था डुबेको हो । कञ्चनरुप नगरपालिका ५का वडाअध्यक्ष कैलास साहको भाई छोटेलाल साहले स्थापना गरेको सहकारीमा जथाभावी लगानी गरेपछि सहकारीमा बचतकर्ताहरुको रकम जोखिममा परेका छन् ।
सहकारी संचालकले बचत गरेको रकम फिर्ता नगरेपछि सप्तरीको कञ्चनरुप नगरपालिका २ की पीडित श्याम कुमारी चौधरी शुक्रबार रुदै ईलाका प्रहरी कार्यालय कञ्चनपुर पुगेकी छिन् । संचालकहरुले बचत गरेको १० लाख रुपियाँ फिर्ता नगरेपछि न्यायका लागि उनी प्रहरी कार्यालय पुगेकी हुन् ।
श्रीमान विरेन्द्र चौधरीको नाममा सहकारी संस्थामा खाता संचालन गरी खाइनखाई जम्मा गरेको १० लाख रुपियाँ फिर्ता नदिंदा पुरै परिवार विचल्लीमा परेको उनले बताइन् ।
विश्वासमा परेर कमाएको सबै सम्पत्ति सहकारीको खातामा जम्म गरेँ तर अहिले विरामी हुँदा कुनै आपत्तविपतमा तथा आबश्यक पर्दा पैसा निकाल्न खोज्दा संस्थाका पदाधिकारी तथा कर्मचारीहरुले दिन नमान्दा परिवारको विजोग भएको उनले बताइन् ।
“छोराछोरीको पढाईको फिस बुझाउंँने सम्म पैसा छैन गहभरी आँसु चुहाउँदै उनले भनिन् त्यसैको चिन्ताले भोकप्यास हराएको छ, भक्कानीदै उनले थपिन्, पैसाकै कारण छोराछोरी परिक्षाबाट बन्चित भयो, दुख सम्झिदा रातको निन्द्रा समेत हराउँछ।”
उनले सहकारी संस्थामा गरेको बचत फिर्ताका लागि पहल गरीदिन स्थानीय प्रशासन तथा सरोकारवालाहरुसंग आग्रह समेत गरिन ।
चौधरीको जस्तै एउटै समस्या बोकेर सयौंको संख्यामा सोही सहकारी संस्थाका पीडितहरु शुक्रबार इलाका प्रहरी कार्यालयमा डेलिगेशन गएका छन् । सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीले आफुहरुको दुई करोड भन्दाबढी रकम ठगी गरेको भन्दै उनिहरु प्रहरी कार्यालय पुगेका हुन् ।
पीडितहरु प्रहरी कार्यालय पुगेपछि प्रहरीले सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई झिकाएर छ्लफल गराएको एक पीडितले जानकारी दिए ।
छलफलमा पीडितहरुले आफुहरुले सहकारीमा जम्मा गरेको रकम अविलम्ब फिर्ता गर्न माग गरेपछि सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुले बचत गरेको रकम ऋृण लगानी गरिएकोले उठाएपछि मात्र फिर्ता हुने बताएपछि सहमति जुट्न नसकेको उनले बताए ।
साँझ अबेर सम्म चलेको छ्लफल निष्कर्ष विहिन भएपछि शनिबार समेत छ्लफलमा भएको थियो । तर दुईदिनदेखीको छलफल बिना निष्कर्ष टुङ्गिएको सहकारीका अध्यक्ष हरदियाल मुखियाले बताए । सहकारीका अध्यक्ष मुखियाले आपूmभन्दा अघिका संचालक समितिले ऋृण लगानी गरेपनि असुल गर्न कुनै सहयोग नगरेका कारण अहिले समस्या भएको बताए ।
बचत फिर्ता गर्न संस्थाका पदाधिकारी तथा कर्मचारीहरु तयार नभए कानुनी कारबाही तथा सडक संघर्षमा उत्रिनु बाध्य हुने पीडितहरुले चेतावनी दिएका छन् ।
यता सहकारीका अध्यक्ष हरिदयाल मुखियाले आफ्नो कार्यकालमा कुनैपनी आर्थिक कारोबार नभएको बताउंँदै यसको सम्पुर्ण जिम्मेवारी पुर्व अध्यक्षसहितका संचालक समितिले लिनुपर्ने बताए । पुर्व अध्यक्ष छोटेलाल साहले सहकारीका सदस्यहरुले गरेको बचत उनीहरुमाथि नै लगानी गरिएकोले ऋृण उठेपछि बचत रकम पनि फिर्ता गर्ने बताए ।
प्रतिक्रिया
qmpyfAUrHFscuj
२0८१ श्रावण १७ गते १0:२५
ojsJpBNz
जवाफ दिनुहोस्
qmpyfAUrHFscuj
२0८१ श्रावण १७ गते १0:२५
ojsJpBNz
जवाफ दिनुहोस्
vlnWDTfaGVu
२0८१ श्रावण १४ गते १४:१२
cQPahVHyuDIZ
जवाफ दिनुहोस्
mDwXoxkKdWQ
२0८१ श्रावण १७ गते १0:२५
wGjynfoHadUbr
mDwXoxkKdWQ
२0८१ श्रावण १७ गते १0:२५
wGjynfoHadUbr
vlnWDTfaGVu
२0८१ श्रावण १४ गते १४:१२
cQPahVHyuDIZ
जवाफ दिनुहोस्
qgLeUtyim
२0८१ श्रावण १७ गते १0:२५
OTWwLYPkqdJp
qgLeUtyim
२0८१ श्रावण १७ गते १0:२५
OTWwLYPkqdJp