कञ्चनरुपको शुभलक्ष्मी सहकारी पीडितद्वारा संस्थापक अध्यक्ष सहित ५ जनामाथि जाहेरी दियो 

...

कञ्चनपुर, साउन १३ गते  । 
कञ्चनरुप नगरपालिका ४ स्थित शुभलक्ष्मी बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले अध्यक्ष र बजारप्रतिनिधिहरुले ठगीमा संलग्नहरुलाई कार्यवाहीका लागि प्रहरीमा जाहेरी दिएको छ ।
सहकारीका संस्थापक अध्यक्ष छोटेलाल साह,निजका दाजु –हाल कञ्चनरुप ५का वडाअध्यक्ष ) कैलास साह लगातका आरोपी व्यक्तिहरु आईतबार छलफलमा बस्न नआएपछि पीडितहरुले जाहेरी दिएको हो ।
संस्थाका अध्यक्ष हरदियाल मुखिया,बजार प्रतिनिधिहरु ललिता चौधरी,पपिता कुमारी चौधरी,कला कुमारी चौधरी,मुकेश कुमार साह र टंककुमारी बास्तोलाले संस्थाका सस्थापक अध्यक्ष छोटेलाल साह, तत्कालिन समयमा खातामा हस्ताक्षर रहेका छोटेलाल साहका दाजु कैलाश साह,तत्कालिन व्यवस्थापक रामअवतार ठाकुर,तत्तकालिन सचिव कमल महतो र लेखापाल अजित चौधरीमाथि कार्यवाहीको माग गर्दै जाहेरी दिएका छन् ।
संस्थाका हालका अध्यक्ष मुखियाले छुटै र बजार प्रतिनिधिहरुले सामुहिक रुपमा ठगी,अपराधिक विश्वासघात तथा सहकारी कसुर अन्तर्गत कार्यवाहीका  लागि जाहेरी दिएका छन् ।
इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले सहकारीमा भएको अनियमितता्को विषयमा दुवै पक्ष छलफलकै क्रममा रहेको बताए । उनले भने,‘ संस्थापक पक्षका केही व्यक्तिहरुलाई आईतबार पूmर्सद नभएकोले अर्को दिन छलफल हुन्छ ।’ तर पीडित पक्षका व्यक्तिहरुले प्रहरी राजनीतिक प्रभावमा परी जाहेरी लिन इन्कार गरीरहेको बताए । 
‘सुरुमा त जाहेरी लिन नै इन्कार गर्नुभयो,पछि लिएपनि दर्ता हुनेमा हामीलाई शंका छ । ’ एक पडितले भने,‘ गृहमन्त्रीको फोन आएको छ रे मुद्दा दर्ता नगर्नका लागि हेरौं के हुन्छ । तर हामी लड्न छोडदैनौं ।’सहकारी संचालक समिति र कर्मचारीहरुले सहकारी संस्थाका सदस्यहरुको २ करोडबढी रकम फिर्ता गर्न आनाकानी गरेपछि पाँचजना सहकारी अभिकर्ता ( बचत उठाउने मान्छे) ले पीडित पक्षको अगुवाई गर्दै  विगत तीनदेखी इलाका प्रहरी कार्यालय कंचनपुरमा धाउँदैछ । 
सहकारीलाई राजनीति गर्ने थलो बनाएपछि शुभलक्ष्मी बचत तथा ऋृण सहकारी संस्था डुबेको हो । कञ्चनरुप नगरपालिका ५का वडाअध्यक्ष कैलास साहको भाई छोटेलाल साहले स्थापना गरेको सहकारीमा जथाभावी लगानी गरेपछि सहकारीमा बचतकर्ताहरुको रकम जोखिममा परेका छन् ।
आरोपमा पत्रमा के छ ? 
मिति २०६८-१०-१७ गते सप्तरी जिल्ला साबिक गाबिस जगतपुर ठेगाना राखी तत्कालीन डिभिजन सहकारी कार्यालय लहानमा दर्ता नं. २२९÷०६÷०६९ को शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड दर्ता भई हाल कञ्चनरुप नगरपालिकाको कार्यालयबाट अनुमति÷स्वीकृत लिई कञ्चनरुप नगरपालिका वडा नं.४ मा संचालनमा रहेको छ । सहकारीको सम्पुर्ण कामकाज तत्कालिन अध्यक्ष छोटेलाल साह र संस्थाको कोषाध्यक्ष र ब्यवस्थापक नरही शेयर सदस्य मात्र रहेको निज प्रतिवादी छोटेलाल साहको सहोदर दाजु कैलाश कुमार साह, संस्थाका ब्यवस्थापक राम अवतार ठाकुर तथा लेखापाल अजित कुमार चौधरीहरु लगायत निज प्रतिवादीहरुले एक आपसमा मिलोमतो गरी सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, संस्थाको विनियम २०६ र बचत तथा ऋण परिचालन निति २०६को बिपरित गई सहकारीलाई हानि नोक्सानी हुने कार्यहरु गरेको, सहकारी संस्थामा संकलित बचतकर्ताहरुको बचत रकम आफु खुशी बाँडेर बचतकर्ताहरुको रकम हिनामिना गरी सम्पुर्ण बचतकर्तालाई ठगी गरेको, सहकारीको ऐन, नियम र विनियम विपरित बिना धितो ऋण लगानी गरेको, युवा स्वरोजगार कोषको रकम सबै प्रतिवादीहरुको सहमतिमा प्रतिवादीहरु छोटेलाल साह, कैलाश साह र कमल महतोले राम जानकी ट्रेडर्समा एकलौटी लगानी गरेको, गलत विवरणहरु पेश गरी खाता श्रेस्ताहरु नहेरी र संस्थाको कार्यालयमा नबसी बाहिरबाट नै लेखा परिक्षण प्रतिवेदन तैयार गरेको अर्थात लेखा परिक्षण नै नगरी प्रतिवेदन मात्र बनाई पेश गर्ने गरेको हो। निज प्रतिवादीहरुले ऋण असुली हुन नसक्ने गरी विना धितो ऋण लगानी गरी हाल सम्म असुली नगरेको, संस्थामा जम्मा भएको ठुलो बचत रकम ऋणको रुपमा आफै लिई हिनामिना गरेको, नेपालमा विधमान रहेका सहकारी संस्था सम्बन्धि सम्पुर्ण ऐन नियम र यस शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको विनियम २०६ र बचत तथा ऋण परिचालन निति २०६८ को समेत बिपरित गई शेयर सदस्य मात्र रहेका कैलाश कुमार साहको नाममा विभिन्न बैंकहरुमा सहकारी संस्थाको खाता समेत संचालन गरी दुवै दाजुभाई मिलि संस्थालाई पुर्णरुपमा धरासायी बनाएको हो तर हाल निज हरुले नै आफु बच्नको लागी र आफ्नो दोष हामी जस्ता सोझा र निमुखाहरु माथि सुनियोजित तरिकाले शेयर सदस्य नै नरहेका व्यक्तिहरु बचत संकलन गरी सहकारीको कार्यालयमा बचत रकमहरु बुझाउने बजार प्रतिनिधिहरु मुकेश कुमार साह, पपिता कुमारी चौधरी, टंक कुमारी वास्तौला, ललिता चौधरी, कला कुमारी चौधरीलाई नियम विपरित गैरकानुनीरुपमा तथा सहकारी ऐन २०७४, सहकारी संचालन सम्बन्धि कार्यविधि २०७५ र यस सहकारी संस्थाको विनियम २०६८ समेतको बिपरित र बर्खिलाफ गई हामीलाई यस सहकारीको फर्जि संचालक समितिमा चयन गरेको वा राखी दिएकोले निज प्रतिवादीहरुले के कुन ऐन कानून तथा सहकारी संस्थाको बिनियम को के कुन दफा वा उपदफा अनुसार मलाई संस्थाको संचालक समितिमा राखेको हो? साथै मलाई कोही कसैले हाल सम्म कुनै पनि किसिमको बुझबुझारत नगरेको हुँदा मलाई नियम विपरित एवं गैरकानुनी तरिकाले अध्यक्ष पदमा राखेको हुँदा मलाई उक्त पदबाट हटाई दिनु हुनको साथै प्रतिवादीहरुले सहकारी संस्था र बचतकर्ताहरुको लाखौ रकम ठगी गरी अपराधिक विश्वासघात र सहकारी कसुर गरेकोले प्रतिवादीहरुलाई र फर्जि लेखा परिक्षण प्रतिवेदन पेश गर्ने लेखा परिक्षकहरुलाई पत्ता लगाई कानुन कमोजिम आवश्यक कार्वाही गर्नु हुनको लागी यो जाहेरी दरखास्त पेश गर्न आएको छु ।
हरदियाल मुखिया
कञ्चनरुप नपा ५ ( अध्यक्ष)

 

प्रतिक्रिया