राजनीतिक दबावका कारण दलित परिवारमाथिको सांघातिक आक्रमण घटनाका दोषीलाई पक्राउ गर्न आनाकानी

...


राजविराज,साउन १४ गते ।

सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमण घटनाका दोषीलाई राजनीतिक संरक्षण्का कारण प्रहरीले आरोपीहरुलाई पक्राउ गर्न आनाकमनी गरेको आरोप पीडित पक्षले लगाएका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ राजविराजमा पत्रकार सम्मेलन गर्दै पीडितहरु सो आरोप लगाएका हुन्  ।
सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा न ६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवान परिवार वसिरहेको स्थानबाट विस्थापन गर्ने योजना सहित पूर्व क्षेत्रपाल हरिसुद यादब समुहले घरेलु हातहतियार प्रयोग गरेर अक्रमण गरेको थियो । उक्त घटनाका पीडित रञ्जित कुमार पासवानले हरिसुदन यादबको नेतृत्वमा १०–१२ जनाको हतियारधारी समुहले आक्रमण गरेर आफूसहित छ जनाको परिवारलाई गम्भिर घाईते बनाएको  जानकारी पत्रकार सम्मेलन जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाका आरोपी बिरुद्ध असार ११ गते ज्यान मार्ने उद्योगमा ७ जनामाथि मुद्दा दर्ता गरेपनि अहिलेसम्म एकजना पनि आरोपीलाई समात्न नसकेको पत्रकार सम्मेलनमा पीडित रंजित पासवानले बताए । घटनामा संलन व्यक्तिहरु काग्रेस,एमाले,माओवादी र जनमत पार्टीसँग आवद्ध रहेको र ति पार्टीका जिल्लास्तरीय नेताहरुको दबावका कारण प्रहरीले आरोपीहरुलाई पक्राय गर्न आनाकानी गरीरहेको पीडित पासवानले आरोप लगाए ।
उनले भने,‘ प्रहरीले मुद्दा दर्ता गर्नुभयो त्यसका लागि धन्यवाद छ,तर हामीलाई कुट्ने व्यक्ति खुलेआम गुमिरहेका छन् । अझ हामीसँग आमना सामना  हुदाँ थप घटना घटाउने धम्की पनि दिदैँछ तर प्रहरीले कसैलाई पक्राउ गर्दैनन् ।’ मजदुरी गर्ने सिजनमा परिवारमाथि नै सांघितिक हमला भएकाले खान लगाउन समस्या भएको सम्मेलनमा पासवानले बताए ।
के हो सप्तरीमा पासमान परिवारमाथि सांघातिक आक्रमणको घटना ?
सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा न ६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवान परिवार वसिरहेको स्थानबाट विस्थापन गर्ने योजना सहित पूर्व क्षेत्रपाल हरिसुद यादब समुहले घरेलु हातहतियार प्रयोग गरेर अक्रमण गरेको थियो ।
करिब २० वर्षदेखि सो ठाउँमा बस्दै आएको पासवान परिवारलाई हरि सुदन यादव रोशन यादव, निरज यादव, राम यादव, विवेक यादव, ऋषि यादव, रोहित यादव लगायत ११–१२ जनाको समुहले खुकुरी, लाठी, चिरपट, हँसिया, फलामका रड लगायत घरेलु हतियार सहित आई घरमा बसिरहेका प्रितम पास्मान,मुसनी देवी पासमान, रञ्जित पासवान,सरिता देवि पासमान, रितु पासमान,राखि पासमान, लगायतलाई एक्कासि अन्धाधुन्ध ज्यानै लिनेगरि कुटपिट गरि घरसमेत भत्काइएको थियो । सो लगत्तै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यलय सप्तरी पुगेका पासमान परिवारको ९ दिनसम्म उजुरी लिएका थिएनन् । सो ६ जना परिवार मध्यै ४ जनाको अवस्था गम्भिर  रुपमा घाईते भएका थिए ।
 

प्रतिक्रिया