राजविराज, साउन १५ गते ।
समाचार लेखेकै कारण सप्तरीका एक पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ ।
नेपाल पत्रकार महासंघ, सप्तरीका कोषाध्यक्ष समेत रहेका पत्रकार नवीन कुमार गुप्तालाई ज्यान मार्ने धम्की आएको हो ।
जिल्लाको महादेवा गाउँपालिकामा भएको विद्युतीकरणमा अनियमितता सम्बन्धी राजविराज दैनिक पत्रिकामा समाचार लेखेकै कारण महादेवा गाउँपालिकाका अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएका हुन ।
पत्रकार गुप्ताका अनुसार मण्डलले फोन गरेर समाचारमा मेरो नाम किन हालेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।
धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ, सप्तरीले जनाएको छ ।
समाचारमा चित्त नबुझे खण्डन गर्ने प्रक्रिया हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु गलत भएको भन्दै भत्र्सना गरिएको छ ।
धम्की दिनेलाई कानुन अनुसार कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । कार्वाही नगरिए आन्दोलनमा उत्रिने महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले जारी गरेको विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।
प्रतिक्रिया