कञ्चनरुपमा पालिका स्तरीय यूवा संजाल गठनः जिल्लामा संजालमा २ जना पठाउने

सबल नेपालको आयोजना तथा यूएसएआइडीको सहयोगमा नागरिक समाज तथा संचार कार्यक्रम

...

सबल नेपालको आयोजना तथा यूएसएआइडीको सहयोगमा नागरिक समाज तथा संचार कार्यक्रम

कञ्चनपुर,साउन १५ गते ।

 सप्तरीको कञ्चनरुप नगरपालिकाको समन्वय र सबल नेपालको आयोजना तथा यूएसएआइडीको सहयोगमा नागरिक समाज तथा संचार कार्यक्रम अन्तर्गत पालिका स्तरीय यूवा संजाल गठन भएको छ ।
मगलवार यूवाहरुको हक अधिकारका लागि यूवालाई सशक्त बनाई मुुलधारमा ल्याउन कञ्चनरुप नगरपालिकामा पालिकास्तरिय यूवा संजाल गठनबाट २ जना जिल्लास्तरीय यूवा संजालमा राहुल अली र रितु कुमारी मण्डललाई पठाउने संजालको अध्यक्ष मुकेश मैरता यादवले जानकारी दिएका छन ।
गठित संजालको अध्यक्षमा मुकेश मैरता यादव,उपाध्यक्ष राहुल अलि,सचिवमा सहनाज खाँ,सह–सचिवमा सुुभान अलि,कोषाध्यक्षमा रितु कुुमारी मण्डल रहेकी छिन् । त्यस्तै सदस्यहरुमा अमित चौधरी,चन्द्रीका राम,सन्तोष कुमार सदा,मोनु कुमारी मण्डल,प्रमिला साह,धर्मेन्द्र पण्डित,सागर चौधरी,कमलेश कापैड,रन्जन कुमारी सिंह,स्वतिका कुमारी चौधरी,असमिता कुमारी सरदार मनोलिसा सरदार रहेकी छिन् ।
गठित संजालले पालिकास्तरमा देखिएका यूवा,महिला,दलित,सीमान्तकृत वर्गको आवाजलाई बढाउन तथा मुुलधारमा ल्यउन र उनिहरुको सम्स्याहरुलाई पैरवी बकालत मार्फत पहल गर्नका लागि यूवा संजाल गठन गरिएको संजालका अध्यक्ष मैरता यादवले जानकारी दिएका छन् ।
यूवा,महिला,किशोर,किशोरहरुको अधिकार अभियानका लागि विभिन्न चेतना मुलक कार्यक्रम गर्ने,जिल्ला यूवा संजाल गठन कार्यक्रमका लागि २ जना पठाउने र यूवा संजालको भदौ पहिलो हप्ता क्षमता अभिवृद्धि तथा वकालत पैरवी सम्बन्धि कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष मैरता यादवले जानकारी दिए ।
अध्यक्ष यादवले भने,‘हामी पालिका संग यूवाको बजेट माग गर्ने र लागु औषध  सम्बन्धि जनचेतना मुलक कार्यक्रम पालिकाको सबै वडाहरुमा गर्ने र शिक्षा सुधारका लागि अन्तरक्रिया कार्यक्रम सबै वडाहरुमा गर्छौ ।’
 

प्रतिक्रिया