मोहनपुर र कञ्चनपुरमा हात्ती आंतक,हात्ती धपाउन रातभर जाग्राम

  • कार्तिक २0, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,कार्तिक २० गते ।
सप्तरीको चुरे क्षेत्र र कोशी नदीको पश्चिमी क्षेत्रका जनता हात्ती आंतकबाट आजित बनेका छन् । सर्वसाधरण जनता हात्ती धपाउन रातभर जाग्राम बस्न बाध्यछन् ।
    कोसि टप्पु बन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले अग्निसाइर कृष्णसवरन गाउपालिका ६ मोहनपुरमा पर्ने चुरे जंगललाइृ बासस्थानको रुपमा प्रयोग गर्न थालेपछि सर्वसाधरण दैनिक पिडीत हुन थालेका छन् ।
    मोहनपुरमा सोमबार दिउँसो हात्ती गाउमा पसि दर्जनौ किसानले लगाएकोे कोदो , मकै,धान र तरकारी हात्तीले कुल्चेर नष्ट गरेका छन् ।
    मोहनपुरमा ३ बिघामा लगाएको धान खाएर नोक्सान पारेको छ भने दिपेन्द्र आचार्य को १ बिघामा लगाएको जुनेलो खाएर नोक्सान पारेको पीडितले जनाएको छ । सोही ठाउँमा शनिबार र आइतबार हात्ती गाउमा पसि १० जनाको घर भत्काइ लाखौको अन्नबाली खाएर नोक्सान पारेको थियो ।
    दैनिक रुपमा हात्ती गाउँमा पसेर आतंक मच्चाउदा समेत सरोकारबाला निकाय रोकथामको लागि कुनै पहल गरेकोमा स्थानियबासी आक्रोसित छन्। स्थानीय प्रदिप आचार्य बताउछन ।
    मोहनपुरका स्थानीयबासी दुर्गा भट्टराईका भने,‘बिगत केही महिना देखी गाउँ हात्तीका कारण आतङ्कित  छ ।बालीनाली सबै नस्ट भएको छ । रातभरी सूत्न पाईदैन । दिनभरी घास  दाउरा गर्न सकिदैन ।’ ‘जति नै कराएर टिन ठटाएर पटका पड्काएर शडख बजाएर आगो बालेर धपाउन खोजे पनि हातीले टेर्देन ।’ भट्टराईले भने,‘सरकारी निकायलाई खबर गर्दा २÷४ जना प्रहरी पठाई दिन्छ,प्रहरीसँग बन्दूक छ तर हातीलाई गोली ठोक्ने कानून छैन ।’
    ‘हातीले मानब बस्तीका घर भत्काउदा र मान्छे मार्दा अन्नबाली नस्ट पार्ने कानून चै काहा छ ?’ भट्टराईल  प्रश्न गर्दै भने,‘घर भत्काएपछी स्थानिय सरकारले पाचहजार राहत दिन्छ । भत्काएको घर टाल्न मात्र पचास हजार लाग्छ ।’
    स्थानीयहरुले कि हात्तीलाई मार्न दिनुपर्ने कि हात्ती लगेर निकुन्जमा छाड्न माग गरेका छन् । स्थानीयहरु आजित भएर समग्र बस्तिको मूवाब्जा दिएर सार्नुपर्ने माँग समेत गर्न थालेका छन् । स्थानीयहरुले गोली ठोक्ने आदेश दिएर मात्र प्रहरी पठाउन माँग गरेका छन् ।
    कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले हात्ती आंतक न्यूनिकरणका लागि प्रदेश र संघीय सरकारसँग पहल गरीरहेको बताए ।

प्रतिक्रिया