कञ्चनपुर,साउन १९ गते ।
नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले कञ्चनरुप नगरपालिका ९ स्थित रौगनाथपुरमा डिप टयुबेल सिँचाई सञ्चालनका लागि जडित मिटरको लाईन काटिदिदा सयौं किसानहरु मार्कामा परेका छन् ।
दुुई वर्ष अगाडि सिँचाईका लागि जडित मिटरको लाईन काटदा धानवालीमा सिँचाई गर्न समस्या उत्पन्न भएपछि किसानहरु आन्दोलित भएका छन् । किसानहरु मार्कामा परेपछि जनमत पार्टीको नेतृत्वमा शुक्रबार डेलिकेशन गई तत्काल विद्युत जडान गर्न मागेका छन् ।
जनमत पार्टी केन्द्रीय सदस्य तथा क्षेत्र नं.१ (कं) का प्रदेश सभाका प्रत्याशी उम्मेदवार शिवनन्दन महतोले बिधुत प्राधिकरणको लापारवाही कारणले ५ सय बिघा धानवाली सिचाईको अभावमा क्षति भएको बताए । उनले भने,‘बिधुतका हाकिमसंग कुुरा कानी गर्दा दादा गिरी शैलीमा पेश आउनु भयो ।’
‘हाकिमलाई तपाई जनताको सेवक हुनुहुुन्छ यो कार्यालय जनताको सेवा सुबिधाका लागि स्थापना भएको छ र यो सेवासुुविधा प्रवाह हुनुपर्छ हामीले भन्यौं ।’ नेता महतोले भने,‘हामीहरु किसानको माग उठाएको छुु बिधुत प्राधिकरणले मिटरमा लाईन जडान गरीएन भने हामीहरु तालाबन्दी गर्न बाध्य हुन्छौ ।’ नेता महतोले प्राधिकरणले आलटाल जन कार्यबाही गर्न बाध्य हुने बताए ।
महतोले भने,‘विधुत प्राधिकरणलाई मिटर हेरेर रिडिङ्ग गर्न हामी मासिक हिसाबले रकम तिर्दै जाने पटक पटक भन्दा कुनै पनी कर्मचारी र हाकिमले टेरको छैन । ’ उनले भने,‘डिप टयुबेल सिचाई उपभोक्ता समिती र स्थानिय किसानहरु मिलेर हुुलाक मार्फत चिठी पठाउदा पनी प्राधिकरण कुनै वास्ता नगरेको र हचवाका भरमा ३ लाख २० हजारको विल पठाएको छ ।’
नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र कञ्चनपुरका प्रमुख अरुण कुमार साहले पुरानै कार्यालय प्रमुखहरुको पालामा प्राधिकरणले बिलीङ्ग गरेको बताए । उनले भने,‘उपभोक्ता समितीहरुले पैसा नतिर्ने नियतले पुरानो मिटर चेन्ज गरी अर्को मिटर लगाएका छन् ।’ डिप टयुबेल सिचाई समिती रहेको तर पुरानो समिती हटाएर आफनो घरकै परिवारहरुलाई मात्रै राखेर समिती बनाएको आरोप प्राधिकरण प्रमुख साहले लगाए ।
पुरानो मिटरको नम्वर समेत प्रमाण हामी संग छ, प्राधिकरणले पत्र पठाउदा उनीहरु पत्र बुुझन नमान्दा पुुरानै कार्यालय प्रमुखले लाईन काटेर गएको छ । ’ प्रमुख साहले भने,‘ मिटरमा लाईन काटिएको देखि पैसा तिरेर लाईन जडान गरीएको छैन,मैले पटक पटक भने किस्ता बन्दी पैसा बुुझाउनुस् हामी लाईन जडान गर्न गरिदिन्छौं ।’ प्रमुख साहले भने,‘कार्यालय प्रमुख,प्रशासन प्रमुुख र समितीहरु समेतले मिटरको निरीक्षण गरी लगत कायम गरेको दावी गरेका छन् ।’
प्रतिक्रिया