जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा सहयोगी मुख्यमन्त्रीद्वारा सम्मानीत 

...

कञ्चनपुर, साउन १९ गते । 
राष्ट्रिय सहकारी बैक लिमिटेडको २२ औं स्थापना दिवसको अवसरमा सप्तरीबाट नियमित कारोबारको विधामा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट भएको हो । 
शनिबार बर्दिबासमा एक बिशेष कार्यक्रमबीच मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको हातबाट सहयोगी बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष अनोज यादवलाई सम्मानपत्र ग्रहण गरिएको हो  ।  
हाल मधेश प्रदेशमा सप्तरीको कञ्चनरूप नगरपालिका ८ का सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट भएका छन् । सहयोगी जिल्लामा नै उत्कृष्ट संसका रुपमा काम गरीरहेका छन् । 
सहयोगीलाई प्रदा गरिएको सम्मान पत्रमा लेखिएको छ ‘यस बैंकको २०औं वार्षिक साधारणसभाको अवसरमा सम्मानको लागि गरिएको घोषणा अनुसार आर्थिक वर्ष २०७९÷०८० मा शाखा कार्यालय राजविराजसँग सदस्य सहकारी संस्थाले गरेको कारोबारको आधारमा शाखा स्तरीय नियमित कारोबार विधामा कञ्चनरुप ८, सप्तरी स्थित तपाई सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. लाई हार्दिक बधाई तथा सम्मानका साथ यो प्रशंसा पत्र प्रदान गरिएको छ ।’
राष्ट्रिय सहकारी बैंक सप्तरी शाखामा १६५ वडा सहकारी आपध रहेका छन् । सहयोगीका अध्यक्ष अनोज यादवले सहकारीका संचालक समिति, शेयर सदस्य तथा कर्मचारीहरुको संयुक्त प्रयासले गर्दा जिल्लामै उतकृष्ट सहकारी बन्न सफल भएको हो ।

प्रतिक्रिया