शुभ लक्षमी सहकारीका कागजातहरूकाे प्रतिलिपि माग्दा कञ्चनरूप नपाले न दिएकाे आरोप

...

कञ्चनपुर, साउन १८ गते ।
शुभ लक्ष्मी सहकारीको् कार्यालयमा महत्वपुर्ण कागजातहरु गायब रहेकोले सहकारीलाई नियमन गर्ने निकायको रुपमा रहेको कञ्चनरुप नगरपालिकाको 
कार्यालयसंग माग्दा नगरपालिकाले यस कार्यालयमा नरहेको भनि दिन ईन्कार गर्दै फर्काएको आरोप लगाएको छ । सहकारीका तत्कालिन उपाध्यक्ष र हाल गैर कानूनी तरिकाले अध्यक्ष बनाएका हरि दयाल मुखियाले नगरपालिकाको कार्यालयमा मंगलबार  नियमानुसार दर्ता नं। २५८ को निवेदन दर्ता गराउदै  संस्थाको शेयर सदस्यहरुको विवरण, संस्था दर्ता
 भएको समयको कागजातहरु, संचालक समितिको नामावलीहरु, संस्थाको विनिमय९विधान०,बचत तथा ऋण परिचालन निति र सबै आर्थिक वर्षहरुको लेखा परिक्षण प्रतिवेदन लगायतका महत्वपुर्ण कागजातहरु माग्दा नगरपालिकाले यस कार्यालयमा नरहेको भन्दै दिन ईन्कार गर्दे फर्काएको हो ।
म्ुखियाले नगरपालिकामा दर्ता गरेको २५८ नम्बरको निवेदन देखाउदै भने सुरुमा सहकारी शाखा पनि हेर्ने लेखाका कर्मचारी रञ्जना कुमारी चौधरीले प्रति पानाको रु।५ का दरले दस्तुर लाग्ने भन्दै दिन लागेकै समयमा वडा नं। ५ का वडा अध्यक्ष कैलाश साह आईपुग्दा कर्मचारी यस कार्यालयमा नरहेको भनि गैर जिम्मेवार जवाफ दिदै दिन ईन्कार गरेको हो । 
निवेदकले नगरपकलिकाको कार्यालयले तिन बिति सक्दापनि नदिए पछि पुनः पालिकाको कार्यालय पुगेर ताकेदा गर्दा शुक्रबार पनि नदिएर फर्काएको छ ।
देशमा संधियाता आईसके पश्चात तत्कालिन समयमा सहकारी संस्था दर्ता गर्ने,नियमन गर्ने र बिघटन गर्ने अधिकार प्राप्त निकायको रुपमा रहेको डिभिजन सहकारी कार्यालयहरु विघटन भई सहकारीका सम्पुर्ण कागजातहरु र फाईलहरु हस्तान्तरण गर्दे सम्पुर्ण अधिकार स्थानिय निकायहरुलाई दिएको हो, जुन कुरा जगजाहेर रहेकैे वेला नगरपालिकाका सम्बन्धित कर्मचारीले तपाईको सहकारीको सबै फाईलहरु यस कार्यालयमा नभई डिभिजन सहकारी कार्यालय लहानमा रहेको भनि हामीलाई ढाटेको मात्र नभई आप्mनो क्षमता र योग्यता समेत प्रदर्शन गरेको निवेदक मुखियाले गुनासो गरे ।
हरि दयाल मुखियाले अगाडी भने “हामीलाई कसैको दबाव वा प्रभावमा कागजातहरु नदिनु उचित नरहेको बताउदै कसैको परवाह नगरी आपूmहरुले जोखिममा रहेको बचतकर्ताहरुको बचत रकम जुनसुकै हालतमा फिर्ता गराएरै छाड्छौ” ।  
प्रहरी प्रशासन लगायतका निकायहरुले पनि यर्थात बुभ्mनुहुनेछ र हामी पिडितलाई सहयोग गर्नु हुनेछ भनि हामी पूर्णरुपमा विश्वस्त रहेका छौ पिडित मुखियाले बताए । 

प्रतिक्रिया