शिवेन्द्र कुमार मण्डल
कञ्चनपुर,साउन २१ गते । अबदेखि नर्सिङ पढ्न १२ कक्षा उतिर्ण हुनै पर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ ।
नर्सिङ शिक्षाबारे अध्ययन गर्न गठन गरिएको कार्यदलले दिएको प्रतिवेदनप्रति ध्यानाकर्षण गर्दै आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापन सम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याङएको छ । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुण्याउन यससँग सम्बन्धित विभिन्न निकाय संग छलफल भइरहेको छ ।
नर्सिङ शिक्षाको दायरालाई फराकिलो बनाउने विषयमा अध्ययन गर्न आयोगले गत वर्ष नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
उक्त प्रतिवेदनमा कार्यदलले कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङ पढ्न मिल्ने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएको थियो ।
कार्यदलले गरेको अध्ययनले विदेशी मुलुकहरूमा कक्षा १२ उतीर्ण गरेर नर्सिङ अध्ययन गर्ने व्यवस्था भएको उल्लेख गरेको छ । आयोगका सदस्य सचिव काप्रीले भने, 'नेपालमा पनि सोही व्यवस्था लागू गर्न आयोगले आवश्यक कार्य गरिरहेको छ ।'
कार्यदलले दिएको प्रतिवेदनलाई आयोगले चैत्र ९ गते पारित गरेको थियो । प्रतिवेदन पारित गर्दै मापदण्ड निर्माण प्रक्रिया अधि बढाएको जानकारी काप्रीले दिए । उनका अनुसार नयाँ व्यवस्था कार्यन्वयनमा आएमा कक्षा १२ उतीर्ण गरेर मात्र तीन वर्षे नर्सिङ विषय पढ्न पाइने छ । जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेकोले नर्सिङ पढ्न पाउने छन् ।
शिवेन्द्र कुमार मण्डल प्रशिक्षार्थी पत्रकार हुन् ।
प्रतिक्रिया
YhqeRvKFybzS
२0८१ श्रावण २३ गते ११:३४
CjUZLxqSnWMyg
जवाफ दिनुहोस्
YhqeRvKFybzS
२0८१ श्रावण २३ गते ११:३४
CjUZLxqSnWMyg
जवाफ दिनुहोस्