कञ्चनपुुर शहरी खानेपानी उपभोक्ता संस्थाको चर्काे शुल्क र ज्यादती विरुद्ध प्रर्दशन

...

कञ्चनपुर,साउन २१ गते । 
खानेपानी संघर्ष समिति कञ्चनरुप नगरपालिका सप्तरीको आयोजनामा कञ्चनपुुर शहरी खानेपानी तथा  सरसफाई उपभोक्ता संस्थाको चर्काे शुल्क र ज्यादती विरुद्ध सोमबार प्रर्दशन गरेका छन् ।
खानेपानी संघर्ष समिति जिन्दावाद,हाम्रो माग पुरा गर,नाफा मुखि भन्दा सेवा मुखी बनौँ,खानेपानी स्वच्छ देऊ,गुणस्तरहीन मिटर विस्थापित गर,खानेपानी महसुल तिर्न बन्द गरौँ,मिटर रिडिङ्ग गर्न दिदैनौँ भन्ने नाराका साथ कञ्चनपुुर शहरी खानेपानी तथा  सरसफाई उपभोक्ता संस्थाले प्रर्दशन गरेका हुन् ।
चर्काे शुल्क भएको भन्दै खानेपानी संघर्ष समिती कञ्चनरुप नगरपालिका द्वारा ज्याजती विरुद्धको आन्दोलन गरेका हुन् । खानेपानी संघर्ष समिति कञ्चनरुपका संयोजक मदन गुप्ताको नेतृत्वमा नारावाजी गर्दै कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर हाटको प्राङ्गनबाट स्थानीय बुद्धिजिवी सामाजसेवी, आमनागिक र उपभोक्ताहरुले कञ्चनपुर बेरीयर बजार परिक्रममा गरी पुन ः हाटमा आएर कोणसभामा परिणत भएका थिए ।
कोणसभामा बोल्दै गुप्ताले आन्दोलनको संयोजक मदन गुप्ताले उपभोक्ताहरुको माग पुरा नभएसम्म आन्दोलनलाई जारी रहने बताए । उक्त कोणसभामा सुरज पोखरेलले मिटर ब्याजी भन्दा चर्काे खानेपानी शुल्क लिने गरेको प्रति आपती जनाएका थिए । उनले भने,‘ आउदो समयमा नसचिए खानेपानीका उपभोक्ता समितिका लागि राम्रो हुने छैन । ’ 
उपभोक्ता सरस्वती निरौलाले गरिब दुखि जनताले खानेपानीको चर्को शुल्क तिर्न सक्छ कि सक्दैन भन्ने तर्फ कञ्चनपुुर शहरी खानेपानी तथा  सरसफाई उपभोक्ता संस्थाका अलिकति बिचार नगरेको बताएकी छिन् । उनले भनिन्,‘ सबै भन्दा पिछडिएको जिल्ला सप्तरी नै रहेकोले त्यस कारणले न्यून्तम शुल्क राख्न आग्रह गर्छु । उपभोक्ताहरुले निस्र्वाथ भावनाले काम गर्नु पर्छ । ’ उक्त आन्दोलनमा प्रमेश्वर साह,संतोष थापा,पेशल जोशी,नारायण मिश्र लगायतको सहभागी रहेका संयोेजक गुप्तााले जानकारी दिएका छन ।
 

प्रतिक्रिया