पानी नपरेपछि कञ्चनरुपका किसानका खेतमा धाँजा फाट्न थाल्यो

...

कञ्चनपुर,साउन २१ गते । 
कञ्चनरुप नगरपालिकामा लामो समयदेखि पानी नपर्दा किसानले लगाएको धान खेतमा धाँजा फाट्न थालेका छन् ।
बढ्दो गर्मीसँगै साउनको अन्तिम सम्ममा पनि पानी पर्न नसके धानको उत्पादन घट्ने भएपछि  किसानहरु चिन्तित हुन थालेका छन् ।
आकाशे पानीको भर पर्नुपर्ने कंचरुप नगरपालिका–१ कोशी टप्पु वन्यजन्तु आरक्ष बैरवा र सोही नगरपालिका १० भोडहा क्षेत्रका किसानका धानबाली रोपेको सुक्न थालेको स्थानीय कृषक उमर शेखले बताए । उनले भने,‘केही दिनदेखि पानी राम्रोसँग पर्न सकेको छैन,पानी पर्ने आशामा बसेका किसानको धान रोपेको सुक्न थालेको छ ।’ 
गाँज लाग्ने बेलामा पानी नपरेको किसानहरूको भनाइ छ । विद्युत सबै ठाउँमा नपुग्दा पम्फीसेटबाट पानी लगाउनसमेत नसकिएको किसानहरू बताउँछन् । ३५ वर्ष अघिसम्म कोशी टप्पु वन्यजन्तु आरक्षका किसानले धान खेती गर्दै  आईरहेका छन् । शेखका अनुसार स्थानीय किसानले एक वर्षका लागि धान खरिद गरेर जोहो गर्नुपथ्र्याे । बिजुली बत्ती आएपछि मोटरबाट पानी तानेर धानखेती गर्न थालेका थिए । तर, सबै खेतमा विद्युतको पहुँच नपुग्दा कृषक समस्यामा परेका हुन् यहाँका अधिकांश कृषकले कोशीपारिका बरमझिया , कंचनपुर बजार  र स्थाबाट ल्याएर धानको बिऊ  लगायतका थिए ।
 कंचनरुप नगरपालिकाअन्तर्गत पर्ने कोशी टप्पु वन्यजन्तु आरक्षका दुई वटा वडाले छोएको छ । वडा नम्बर १ मा ८  सय घरधुरी छन् भने वडा नम्बर १० मा अन्दाजी सात सय घरधुरी छन् । हाल कृषकले यहाँ तीन सय  बिघाहा भन्दा बढी क्षेत्रफलमा धान खेती गरेका छन् । पानी पर्लापर्ला भन्दाभन्दै धानको रोपेको सुक्न थालेको  कृषक उमेश रज्जकले बताए ।
 

प्रतिक्रिया