किशोर पासवान
कञ्चनपुर,कार्तिक २० गते । कञ्चनरुप नगरपालिकाका स्वास्थ्य चौकीहरुमा सेवाग्रहीहरुको संख्यामा वृद्धि भइरहेको छ ।
नगरपालिकाको वडा नम्बर १० स्थित स्वास्थ्य चौकी बदगामामा चार महिनामा १५ सय ८ जना बिरामीहरुले सेवा लिएको पाइएको छ । २०७६ श्रावण देखि कार्तिक सम्मा स्वास्थ्य चौकी बदगामाले १५ सय ८ जना बिरामीहरुले सेवा लिएको हो ।
स्वास्थ्य चौकी बदगामामा समान्य ज्वरो रुगामर्कीबाट ३ सय ५०जना,छाला सम्बन्धिबाट २ सय २५ जना, दन्त समस्या सम्बन्धिबाट ५० जना, नाक कान तथा घाटी सम्बन्धि समस्या ८५ जना, हाडजोर्नी तथा चोटपटक सम्बन्धिबाट ४५ जना,पेट समस्या सम्बन्धिबाट १ सय ७५ जना, प्रेसर हाई ३० जना, बालरोग ५ वर्ष मुनीका २ सय ५० जना, स्वास प्रस्वास सम्बन्धि १ सय ९५ जना, आँखा सम्बन्धि ३५ जना,महिनावारी तथा गडवरी सम्बन्धि १३ जना, गर्भवती चाज २७ जना,परिवार नियोजन सेवाबाट २० जना र अन्य चाज ८ जना जम्मा १५ सय ८ जना बिरामीहरुलाई चेक जाच गरेको स्वास्थ्य चौकीका प्रमुख ललित नारायण परिहस्तले बताए ।
परिहस्तका अनुसार यस स्वास्थ्य चौकीका अहिले ग्यास्ट्रीक औषधी, मधुमेह औषधी, कानको ड्रप र प्रयाप्त मात्रामा जिवनजलको समेत अभाव रहेको बताएका छन् । चौकीमा ७ जना कार्यरत छन् ।
प्रतिक्रिया