डाक्नेश्वरी नपा फत्तेपुरका दलित परिवारमाथि कुटपिट घटनाका २ जना आरोपी पक्राउ

...

राजविराज, साउन २४ गते ।  
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ६ फत्तेपुर टोलका पृतम पासवानका परिवारमाथि कुटपिट गर्ने घटनाका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेका छन् ।
दलित अधिकारकर्मीहरुले बुधबार प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता  गरेपनि आरोपीहरुलाई पक्राउ नगरेको भन्दैं कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।          
राजनीतिक संरक्षणमा आरोपीहरुलाई पक्राउ गर्न आनाकानी गरेको उजुरी लगत्तै प्रहरीले घटनामा संलग्न कृष्णानन्द यादब र विवेक यादबलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्योउपानेले जनाएको छ । डिएसपी न्योउपानेका अनुसार  सप्तरी जिल्ला अदालतबाट बिहीबार नै म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाएको छ । 
अभियान्ता,दलित अधिकारकर्मी र दलित संघ संस्थाका प्रतिनिधिहरु गत असार १ गते शनिबारका दिन डाक्नेश्वरी नगरपालिका  वडा नं. ६ फत्तेपुर टोलका पृतम पासवानका परिवारमाथि पूर्वक्षेत्रपाल हरिसुद यादवलगायतले घरेलु हतियारद्वारा आक्रमण गरेका थिए । पिडित परिवारले जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाका ७ जना आरोपीविरुद्ध असार ११ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएपनि पक्राउ नगरेको भन्दैं दलित अधिकारकर्मीहरु सो ज्ञापनपत्र बुझाएका थिए ।           
सो घटनामा संलग्न व्यक्तिहरू विभिन्न राजनीतिक दल आबद्ध रहेका कारण प्रहरीले आरोपीलाई पक्राउ गर्न डराइरहेको र आरोपितहरू गाउँमै खुलेयाम हिँडिरहेका छन् र उल्टै मुद्दा दर्ता गरेको भन्दै पीडित पक्षलाई धम्क्याइरहेका छन् । यस्तो अवस्थाले पीडितहरू एकातिर पीडकहरूकै धम्की सहन बाध्य छन् । 
डाक्नेश्वरी नगरपालिका वडा नं. ६ फत्तेपुर टोलका पृतम पासवान परिवार करिब २० वर्षदेखि सो ठाउँ (पोखरीको डिल) मा बस्दै आएका थिए । नत उनीहरुको अन्यत्र जमिन पनि छ । पासवान परिवार भूमिहीन,सकुम्बासी छ । फत्तेपुर टोलमा गत असार १ गत शनिबार दिन बाटो विस्तार गर्ने निहुँमा आफ्नो घर भत्काउन खोजिएपछि पासवान परिवारले रोकेका थिए । त्यही क्रममा पासवान परिवारलाई हरिसुदन यादव, रोशन यादव, निरज कुमार यादव, रामनारायण यादव, विवेक यादव, ऋषि यादव भन्ने कृष्णानन्द यादव, रोहित यादवलगायत ११ जनाको समूहले खुकुरी, लाठी, चिर्पट, हँसिया, फलामका रडलगायत घरेलु हतियारसहित आक्रमण गरेका थिए । 
आक्रमणबाट प्रितम पासमान, मुसनीदेवी पासमान, रञ्जित पासमान, सरितादेवी पासमान, रितु पासमान, राखी पासमानलगायत घाइते भएका थिए । परिवारका सबै सदस्य अस्पताल भर्ना भए । औषधि उपचारमा ३ लाख रुपियाँ भन्दा बढी खर्च भइसकेको छ । आक्रमणबाट घाइते भएकाहरू उपचारका लागि स्थानीय उमाकान्त कल्पना मेमोरियल हस्पिटलमा उपचार सम्भव नभएपछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराएका थिए । 
सो घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेका पासमान परिवारको ९ दिनसम्म त उजुरीसमेत लिइएन । यता राष्ट्रिय दलित आयोग,दलित सरोकार मञ्च नेपाल सप्तरी र दलित अधिकारकर्मीहरूको निरन्तर दबाबपछि बल्ल उजुरी दर्ता भएको हो । ६ जनाको परिवारमा आक्रमणका कारण ४ जनाको अवस्था गम्भीर भएका थिए । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुशेश्वरप्रसाद यादवले समेत राजनीतिक दबाब र प्रभावमा परेर प्रहरीले आरोपितहरूलाई पक्राउ नगरेको बताएका छन् । 
उनको घर नभत्काइकन पनि बाटो बनाउने सम्भावना हुँदाहुँदै दलित भूमिहीनको घर भत्काउन खोज्नु अमानवीय व्यवहार भएको वडाध्यक्षकै समेत भनाइ छ । त्यसैले सांघातिक आक्रमणमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न, औषधि उपचारको खर्च भराइदिने व्यवस्था मिलाइदिन र आगामी दिनमा आक्रमण नगर्ने तथा आफ्नो घरमा शान्तिपूर्वक बस्न पाउने व्यवस्था सुनिश्चित गराएदिनका लागि दलित अधिकारकर्मीहरुको अगुवाईमा ज्ञापनपत्र बुझाएको हो । 
दलित सरोकार मञ्च नेपाल सप्तरीको अगुवाईमा जिल्लाका दलित अभियान्ता,दलित अधिकारकर्मी र दलित संघ संस्थाका प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत गृहमन्त्री,जातीय विभेद तथा छुवाछूत अनुगमन समिति, मधेस प्रदेश मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय जनकपुर, राष्ट्रिय दलित आयोग काठमाडौँ,दलित विकास समिति, मधेस प्रदेश जनकपुरसमेत लाई उक्त ज्ञापनपत्र बोधार्थ दिएको हो ।
 

प्रतिक्रिया