राजविराज,साउन २६ गते ।
दलित सरोकार मञ्च नेपालको सहकार्य एवं संयुक्त राजनीतिक दलित संघर्ष समिति सप्तरीको आयोजनामा शनिबार जिल्ला स्त्तरीय दलित अगुवा भेला सम्मपन्न भएको छ ।
भेलाले भुवनेश्वर साफीको संयोजकत्वमा ४१ सदस्य संयुक्त राजनीतिक दलित संघर्ष समिति पुर्नगठन भएको छ । कार्यक्रममा मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्री निलम कुमारी रजक र बन तथा बातावरण राज्य मन्त्री रंजु कुमारी खंगलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्रीद्वय रजक र खंगले दलित सशक्तिकरण ऐन कार्यान्व्यनका लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाएकी थिईन । ‘दलित समुदायहरु एकता बद्ध भएर साथ दिएमा हामी दलितको आवाज प्रदेश सभा र सरकारमा उठाउँछौं ।’ कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राज्य मन्त्री रजकले भनिन् ‘दलितहरुको लागि राजविराजमा सुविधा सम्मपन्न भवन निर्माणका लागि म पहल गर्छु’ ।
कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले तीन तहको सरकारमा दलितहरुको प्रतिनिधित्व न्यून रहेको, दलितहरुको संवैधानिक अधिकार कार्यान्व्यन हुन नसकेको, दलितहरु माथिको उत्पीडनको घटनामा कमी नआएको र दलितहरुलाई प्रहरी प्रशासन समेतले बेवास्ता गरेका कारण संयुक्त दलित राजनीतिक समितिको आवश्यकता रहेको बताएका थिए । निर्देशक पासवानले संवैधानिक रुपमा प्राप्त अधिकार समेत कटौती हुने जोखिम रहेकोले दलितहरु एकताबद्ध भएर खबरदारी गर्नुपर्ने समय आएको बताए ।
कार्यक्रममा माओवादी नेता छेदी रजक, सियाराम पासमान, कञ्चनरुप न.पा.४का वडा अध्यक्ष जोगेन्द्र पासमान, बोदेबर्साइनका न.पा.२का वडा अध्यक्ष राम प्रसाद राम,कपलेश्वर सरदार,मोहनी साफी मनोज मेहतर लगायतले दलित अधिकार कार्यान्व्यनका लागि एकता बद्ध भएर लाग्नुको बिकल्प नरहेको बताएका थिए । प्रथमलाल रामको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको संचालन दलित समुदायका कार्यपालिका सदस्य संजालका सह संयोजक राजेन्द्र बिश्वकर्माले गरेका थिए ।
प्रतिक्रिया