राजविराज, साउन २८ गते ।
जनता समाजवादी पार्टीको वृहत भेलाले सोमबार सप्तरी जिल्ला तदर्थ समिति गठन गरेको छ । छिन्नमस्ता गाउँपालिकाका सत्यनारायण यादवको अध्यक्षतामा २९ सदस्यीय समिति बनाइएको छ ।
अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी सप्तरीको अध्यक्षमा सत्यनारायण यादव चयन भएका छन् । सप्तरीको राजविराजमा सोमबार आयोजित एक समारोहका वीच यादवको नेतृत्वमा २९ सदस्यीय जिल्ला समिति घोषणा गरिएको हो ।
गठित समितिको सदस्यहरुमा दयानन्द गोईत, इन्द्र देव यादव, चित्तरंजन यादव, सुरेन्द्र साह, सन्तोष मण्डल, शक्ति यादव, मुखिलाल चौधरी, मो. जिब्रील मियाँ, रविन पासवान, भगवती मिश्र, रामदेव यादव,मधेसी चयन भएका छन् ।
यसैगरी मुखलाल यादव, उमेश यादव, शिवनाथ राय, नारायण यादव, प्रमेश्वर मण्डल, हरिनारायण साह, ओमप्रकाश मण्डल, महेन्द्र प्रसाद चौधरी, धनराज मण्डल, रान्सु चौधरी, हरि प्रसाद राम, रविता मण्डल, घुरण यादव, चन्द्रा साह, जितेन्द्र साह, अर्जुन पंजियार र इन्द्रदेव चौधरी सदस्य रहेका छन् ।
यसैगरी सोही भेलाले अनुराधा साहको नेतृत्वमा १७ सदस्यीय महिला जिल्ला समिति चयन गरेका छन् ।
समितिको सदस्यहरुमा पुनिता कुमारी साह, सीता कुमारी यादव, बविता राम, संगिता यादव, प्रमिला साह, सरस्वती देवी मण्डल, अनिता देवी मण्डल, नर्मल कुमारी मण्डल, वबिता मण्डल, भक्ति देवी राम, प्रमिला देवी साह, मिना कुमारी चौधरी, दुर्गा गुप्ता, जामुन चौधरी,संसारी चौधरी,चन्द्रकला साह छन् ।
जसपा मधेस प्रदेश समिति संयोजक अशोक यादवको अध्यक्षता तथा जसपा केन्द्रिय अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपा सह अध्यक्ष रेणु यादव ,उपाध्यक्ष एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह, महासचिव एवम् पूर्व मन्त्री ईस्तियाक राईन,. सह– महासचिव एवम् खानेपानी मन्त्री प्रदीप यादव,केन्द्रिय सदस्य बिनोद चौधरी लगायत नेताहरुको उपस्थिति रहेका थिए । कार्यक्रम संचालन चित्तरंजन यादवले गरेका थिए ।
प्रतिक्रिया