नगरपालिका जाने सडक पिच भएको पाँच महिना नवित्दै भत्किन थाल्यो, विद्युतीय पोल नै नसारी पिच

  • कार्तिक २१, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,कार्तिक २१ गते ।
कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरुले नगरमा भएको निमार्ण कार्य ठोस भएको दावी गरीरहेको छ । तर गायत्री निर्माण सेवा कम्पनी कञ्चनपुर ४ सप्तरीले कञ्चनरुप नगरपालिकाको कार्यालय नजिकै गरेको कालोपत्रे(पिच) ५ महिना नवित्दै भत्किन थालेको छ । सडकमा पिच पनि एक नाशको छैन । वर्षामा सडकमै पानी जम्ने गरेकाले पनि सडक चाडैँ भत्किन थालेको स्थानीयहरुको भनाई छ । सडकमा विद्युतीय पोल नै न सारि पिच गरिएको छ ।
    कञ्चनपुर फत्तेपुर सडक खण्ड अन्तर्गत रामनारायण साहको घरदेखी पश्चिम हटिया जाने सडक कालो पत्रे (पिच) सम्पन्न भएको ५ महिना नबित्दा भत्किन थालेको हो । 
आर्थिक बर्ष २०७४÷०७५ मा  सडक योजना सम्झौता रकम ३९लाख १० हजार ३ सय ११ रुपैया २७ पैसामा निमार्ण भएको उक्त पिच गुणस्तरहीन काम भएपछि भत्किन थालेको स्थानीयहरुको भनाई छ ।
    कञ्चनरुप नगरपालिकाका अनुसार सडकको दुवैतर्फ नाला सहित ३ सय मिटर पिच गरिएको थियो । २० एम.एम. मोटाईको पिच गर्ने सम्झौता भएको थियो । तर निमार्ण गर्ने ठेक्केदारले कमशल अलकत्रा प्रयोग गरेको कारण पिँच भत्किन थालेको नेकपाका स्थानीय नेता रामविहारी राउतले बताए ।
     कार्य सम्पन्न भएको ८ दिनमै सडक भत्किन थाल्दा समेत  ठेकेदार देखि नगरपालिकालाई भन्दा समेत मर्मत नगरेको र ठेकेदार हेरेर फर्किएको स्थानियरुहको आरोप छ ।
    गायत्री निर्माण सेवा कम्पनी कञ्चनपुर ४ सप्तरीका प्रोप्राइटर राजेश गुप्ताले भने सम्झौता अनुसार सडकमा गुणस्तरीय काम भएको दावी गरेको छ । 

प्रतिक्रिया