कञ्चनपुर,साउन २९ गते ।
अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी सप्तरीको सोमबार गठित जिल्ला कार्यसमितिमा कञ्चनरुप नगरपालिकाबाट ५ जन ाचयन भएको छ ।
सत्यनारायण यादबको अध्यक्षमा ३१ सदस्य समितिमा कञ्चनरुपबाट ५ जना परेका छन् । सप्तरीको राजविराजमा सोमबार आयोजित एक समारोहका वीच यादवको अध्यक्षतामा ३१सदस्यीय जिल्ला समिति घोषणा गरिएको थियो । कञ्चनरुप नगरपालिका वार्ड नं ११ गोरपार बस्ने पूर्व वार्ड अध्यक्ष जिबरिल मिया,वडा नम्बर १० बदगामाका चितरंजन यादव,वडा नम्बर १ बैरवाका अर्जुन पंजियार, वडा नम्बर ६ घोगमपुरका मुखिलाल चौधरी र वडा नम्बर ८ का रबिन्द्र पासवान जसपाको जिल्ला समितिमा चयन भएका छन् । मोहम्मद जिब्रिल मिया नेपाली काग्रेसबाट २०७४को चुनाव जितेका थिए । २०७९ को चुनावमा समेत स्वतन्त्रबाट उम्मेदबार रहेका थिए । त्यसैगरी चितरंजन यादबको जसपा नेपालको जिल्ला कमिटि सदस्य र कञ्चनरुप नगर समितिका सचिव रहेका थिए । पंजियार भने २०७४ सालको चुनावमा वडाअध्यक्ष पदमा चुनावमा उम्मेदबार भएका थिए । रविन पासवान माओवादी पार्टीमा एक दशकभन्दा बढी समय बिताएका नेता हुन् । मुखीलाल चौधरी यस अघि जसपा नेपालको कञ्चनरुप नगरपालिका ६का संयोजक भएर काम गरेका अनुभवी नेताका रुपमा रहेका छन् ।
गठित सोमबार सप्तरीको सदरमुकाम राजबिराज स्थित जिल्ला समन्वय समितीको सभाहलमा आयोजित जनता समाजवादी पार्टीको वृहत भेलाले सप्तरी जिल्ला तदर्थ समिति गठन गरेका छन् । सप्तरी जिल्ला तदर्थ समिति गठनमा छिन्नमस्ता गाउँपालिकाका सत्यनारायण यादवको अध्यक्षतामा ३१सदस्यीय समिति बनाइएको हुन् ।
जसपा मधेस प्रदेश समिति संयोजक अशोक यादवको अध्यक्षता तथा जसपा केन्द्रिय अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपा सह अध्यक्ष रेणु यादव ,उपाध्यक्ष एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह, महासचिव एवम् पूर्व मन्त्री ईस्तियाक राईन,. सह–महासचिव एवम् खानेपानी मन्त्री प्रदीप यादव,केन्द्रिय सदस्य बिनोद चौधरी लगायत नेताहरुको उपस्थिति रहेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य भोला पासमानले र संचालन चित्तरंजन यादवले गरेका थिए ।
प्रतिक्रिया