कञ्चनपुर,भदौं १ गते ।
सार्वजनिक कार्यको लागि मन्दिर जस्तो पवित्र स्थलमा मुर्ति स्थापना गर्नको लागि कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको मिलो मतोम उपभोक्ता समितिका पदाधिकारीहरुले काम नगरी एक लाख ५० हजार रकम भ्रष्टाचार गरेको आरोप लागेको छ ।
कञ्चनरुप नगरपालिको नगरप्रमुख ललन प्रसाद गुप्ताले उपभोक्ता समितिसँग मिलोमतोमा कञ्चनपुर बजार स्थित राधा कृष्ण मन्दिरमा मुर्ति स्थापनाका लागि रकम निकास गरी भ्रष्टाचार गरेको आरोप लागेको हो । कञ्चनरुप नगरपालिका वडा नम्बर ४का मनोज चौधरी र विनोद साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी, सुनसरीलाई गत असार २४ गते नै उजुरी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ५ बमोजिम कञ्चनरुप नगरपालिका वडा नं. ४ बकाल टोल स्थित राधा कृष्ण मन्दिरमा मुर्ति स्थापनाका लागि राधा कृष्ण मन्दिर मुर्ति अनुदान उपभोक्ता समितिको अध्यक्ष वर्ष ५१ को राजेन्द्र ठाकुर,उपभोक्ता समितिको सचिव वर्ष ४५ को मनोज कुमार साह, उपभोक्ता समितिको कोषाध्यक्ष वर्ष ५० की सुन्दरवती चौधरी र कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको संलगनतामा भ्रष्टाचार भएको उजुरीमा उल्लेख छ ।
राधा कृष्ण मन्दिरमा आ.व. ०७९÷०० मा कञ्चनरुप नगरपालिकाले राधा कृष्ण मन्दिरमा मुर्ति स्थापना गर्ने उद्देश्यबाट एक लाख पचास हजार विनियोजन गरेको थियो । सो बमोजिम कंचनरुप नगरपालिकाले २०० साल असार २२ गतेमा उपभोक्ता समितिलाई १ लाख ५० हजार निकासा दिएको थियो । उपभोक्ता समितिले आ.व. ०७९/८० मा मुर्ति स्थापना गर्न सकेन । आ.व. ०८०/०८१ बितिसक्दा समेत मुर्ति स्थापना नगरी नगरपालिकाको नगर प्रमुखको मिलोमतोमा मुर्ति स्थापना नगरी उपभोक्ता समितिले भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।
उजुरीकर्तामध्येका एक मनोज चौधरीले भने,‘ मुर्ति स्थापनाका पैसा खाएका व्यक्तिहरुलाई नै पुन ः वडा नं. ४ बकाल स्थित टोलमा आर. सि. सि. ढलान कार्यको लागि उपभोक्ता समितिमा राखिनुले भ्रष्टाचार गर्ने नियत लिएकोले आमीले उजुरी दिएका हौं ।’
अनुचित कार्य गरेको थाहा पाएपछि गत असार १३ गते नै आवश्यक कार्यवाहीको लागि कचनरुप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई दर्ता नंम्बर ६८७१ को निवेदन दिएकोमा हाल सम्म नगरपालिकाले कुनै कार्यवाही नगरेको हुँदा बाध्य भइ यो उजुर गरेको छु । उजुरीमा उल्लेख छ ।
रेडियो अन्नपूर्णसँगको अन्तवार्तामा नगरप्रमुख ललन प्रसाद गुप्ताले आफनो काम बजेट बनाइदिने,नीति निमार्ण गरिदिने भएकोले सबै वडाका योजनाको बारेमा जानकारी कसरी हुनसक्छ भन्दै प्रतिप्रश्न गरेका थिए । तर पत्रकारले नगरपालिकामा उजुरी दिदा समेत थाह नभएको भन्न मिल्छ भन्ने अर्को प्रश्नमा भ्रष्टाचार भएको छ भने अख्तियारको ढोका खुल्ला छ भन्दै गैरजिम्मेबारपूर्ण उत्तर दिएर पन्छिएका थिए ।
उपभोक्ता समितिमा सचिव मनोज साहले मुर्तिस्थापनाका लागि धेरै खर्च लाग्ने भएको र असार मासान्तको अन्तिम समयमा बजेट निकासा गरेको तथा मुर्तिस्थापनाका लागि मुर्हुत समेत नभएकोले मुर्तिस्थापना नभएको जानकारी दिएको छ । मुर्ति स्थापनाका लागि कञ्चनरुपबाट दिएको पैसा अध्यक्ष र सचिवले ब्याजमा लगाएको स्थानीयहरुले आरोप लगाएको छ । सचिव साहले गत आसर २३ गते नै मन्दिर स्थापनाको मुर्हुतको समय भएकोले उक्त समयमा मुर्ति स्थापना हुने बताएपनि तोकिएको समयमा अझै मुर्ति स्थापना भएको छैन । उपभोक्ता समितिका अध्यक्ष राजु ठाकुरले समेत गत असार २३ गते जसरी पनि मुर्ति स्थापना हुने जनाएको थियो ।
प्रतिक्रिया