कञ्चनपुर,भदौं १ गते ।
देशभरका कृष्णमन्दिर अहिले भक्तिमय छ तर कञ्चनरुप नगरपालिका वडा नं. ४ बजार स्थित राधा कृष्ण मन्दिरको बेहाल अवस्था छ । तर सरोकारवाला निकायहरु कसैलाई मन्दिर व्यवस्थापनमा चासो छैन ।
मन्दिर कञ्चनरुप ४मा परेपनि वडा नम्बर ८का बासीहरु बढी नजिक छ । तर मन्दिर व्यवस्थापनमा कञ्चनरुप ४ र ८को द्धन्द्धले लामो समयदेखी मन्दिर निमार्ण भएपनि नियमित पूजापाठ हुन सकिरहेको छैन । कञ्चनरुप नगरपालिकाले बिना कुनै दिर्घकालिन सोच राधा कृष्ण मन्दिरको संरचनालाई नै प्रभावित हुनेगरी चिल्ड्रेन पार्क निमार्ण गरेपछि मन्दिर ब्यावस्थापन थप जटिल बनेको छ ।
स्थानीयबासी मुकेश साहका अनुसार मन्दिर ब्यवस्थापनका लागि पूजारी बस्ने कोठा,प्रसाद बनाउन किचन आवश्यक छ तर त्यसतर्फ कसैको ध्यान छैन । एमालेका स्थानीय नेता समेत रहेका साहले भने,‘ दुई बर्षदेखी मन्दिरको लागि मुर्ति ल्याएर राखिएको छ,तर मुर्ति तल राख्ने कि माथिल्लो तल्लामा स्थानीयबीच सहमति नहुदाँ मुर्ति बिहीन मन्दिरमा परिणत भएको छ ।’
सोसियल रियाल्टी रोशनराज ठाकुरका अनुसार कृष्ण मन्दिरमा झुलनका दिन अनिवार्य पूजा अर्चना हुनुपर्नेमा शुक्रबार कसैले चासो नदिएपछि एक जना काम गर्ने मजदुरलाई राखेर मन्दिर सरसफाई गरी पूजा गरिएको बताए । समाजिक अभियन्ता ठाकुरले भने,‘पार्क निमार्णका क्रममा मन्दिर फोहरमय भयो,ठेकेदार र जनप्रतिनिधिहरु कमिशन लियो काम सक्यो तर मन्दिरलाई सफा गर्ने कुनै दायित्व पुरा गरेनन्,बाध्य भएर हामी केही यूवाहरु सहभागितामा पूजा आयोजना गर्यौं ।’
त्यसो त मन्दिरमा मुर्ति स्थापनाका लागि अभय रौनियारले व्यक्तिगत खर्चमा मुर्ति खरिद गरि राखेको छ तर स्थानीय र जनप्रतिनिधिबीचको द्धन्द्धका कारण त्यो मुर्तिको स्थापना हुन सकेको छैन । अझ कञ्चनरुप नगरपालिकाले दुई बर्ष अघि नै मुर्ति स्थापनाका लागि आफना कार्यकर्तालाई एक लाख ५० हजार रकम निकासा गरेर खाईदिएपछि अख्तियारसम्म मुद्दा गएको छ ।
कञ्चनपुरका ब्यापारी,जनप्रतिनिधि र स्थानीयहरु एक जुट भएर मन्दिर संचालन र व्यवस्थापनमा लाग्नुपर्ने ब्यापार संघका सचिव शशी साहको धारणा छ । ‘मन्दिर जस्तो पवित्र धार्मिक कार्यमा समेत राजनीति गर्नु सरासर गलत कार्य हो । ’सचिव साहले भने,‘ मन्दिरमा झेल जनप्रतिनिधिहरुले पसारेका छन्, उनीहरुले समस्या समाधान गर्न अग्रसर हुनुपर्छ ।’
प्रतिक्रिया