कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रका जनता पिडा, बँदेल र अर्नाले दैनिक क्षति गर्न थालेपछि धान नपाक्दै काट्न बाध्य किसान

  • कार्तिक २२, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,कार्तिक २२ गते । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेको बँदेल र अर्नाले कोशी बाँधको पश्चिमतर्फ दैनिक धानबाली आन थालेपछि किसानहरु धान राम्रोसँग नपाक्दै काट्न थालेका छन् ।
    कोशी टप्प वन्यजन्तु आरक्षबाट आउने बँदेल र अर्नाले पाक्नै लागेको धानबाली  खाएर क्षति गर्न थालेपछि किसानहरुलाई बाध्य भएर धान काटनु परेको छ ।
    कोशी बाँधको पश्चिमपट्टी कञ्चनरुप नगरपालिकाको वडा नम्वर ६ जमुवा, वडा नम्वर ५ पथरी पिप्रापूर्व, वडा नम्वर ४ जगतपुर, वडा नम्वर १० बदगामा र वडा नम्वर १ बैरवाका किसान प्रत्यक्षरुपमा प्रभावित छन् । 
कञ्चनरुप नगरपालिका ४ जगतपुरका चथ्र यादवका ५ कट्ठा,बद्री खंग १० कट्ठा, शिवदत खंग २२ कट्ठा पूर्ण रुपमा बन्देलले धान नष्ट , बासुदेव राम ४ कट्ठा बद्री यादव ५ कट्ठा, गोबिन्द खंगका ६ कट्ठा,डम्वर खंग ३ कट्ठा मुर्लि खंग ३ कट्ठा, संन्तलाल चौधरी ३ कट्ठा धानबाली बँदेल र अर्नाले क्षति गरेको पीडितमध्येका एक दुर्गानन्द खंगले बाताए । 
    जनताले जनप्रतिनिधि आएपछि समस्या समाधान हुने विश्वास गरेका थिए । राजनीतिक दलहरुले समेत चुनावी प्रतिबद्धतामा आरक्षको समस्या समाधानबारे  प्रतिबद्धता व्यक्त गरेका थिए । तर संघीय,प्रादेशिक र स्थानीय गरी तीन तहमा जनप्रतिनिधि आएपनि समस्या समाधान हुन सकेको      छैन ।

प्रतिक्रिया