कञ्चनपुर,भदौं ४ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवामा सयौं बिघामा लगाएको धानको खेती अत्यधिक बर्षाका कारण नष्ट भएपछि किसानहरु चिन्तित भएका छन् ।
किसानहरुले लाखौं लगानी गरेर लगाएको धान खेतमा अत्यधिक बर्षाको पानी जमेपछि धान गल्न थालेपछि किसानहरु चिन्तित भएका हुन । गत असारको अन्तिम हप्ता अविरल बर्षसंगै सप्तकोशी र महुली खोलामा पानीको बहाव उच्च भएपछि धान खेती डुवानमा परेको किसानहरुले जनाएका छन् ।
निरन्तरको बर्षाले धान खेती डुवानमा परेपछि धान गल्न थालेको छ ।’ किसान प्रभु यादवले भने, ‘पानीले रोपेको धानमा क्षति पुग्ने हुँदा उत्पादनमा कमि आउने भएकोले लगानी खेर जाने निश्चित छ ।’ अर्का किसान राजकुमार यादवले बाढी पसेर धानको बोट गल्दा लाखौं क्षति भएको बताए । बैकबाट ऋृण काढेर गरेको लगानी खेर जाँदा परिवारको बिल्लीबाठ भएको दुखेसो यादबले सुनाए ।
किसान अयोधी यादवले प्रत्येक बर्ष बाढी पसेर धान खेतिमा क्षति हुँदा आफुहरु साह्रै मारमा पर्ने गरेको भएपनि सरोकारवालाहरुले कुनै चासो नदिएको गुनासो गरे । किसानलाई समस्या पर्दा कसैले सहयोग नगरेको यादबको भनाई छ ।
गत साउनमा दोस्रो पटक धान रोपेको किसानहरुले फेरी महुली खोलाको बाढी पसेर कारण धान गलेर नष्ट भएको स्थानीय जुमन मंसुरिले बताए । मुख्य आम्दानीको रुपमा लगाएको धान खेतीमा विभिन्न रोगको प्रकोपले समेत समस्या खेपिरहेका किसानहरु बाढीको चपेटामा परेपछि थप चिन्तामा डुबेको कंचनरुप नगरपालिका वडा नं १ का वार्ड सदस्य दुर्गानन्द यादवले जानकारी दिए ।
प्रतिक्रिया