कञ्चनरुपको चार ठाउँमा निमार्ण गरिएको चिल्ड्रेन पार्क ४ महिना नबित्दै भत्कियो

...

कञ्चनपुर,भदौं ५ गते ।
    सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गत चार ठाउँमा निमार्ण गरिएको चिल्ड्रेन पार्क ४ महिना पनि संचालन नभई भत्किएका छन् ।
कमिशनको चक्करमा कमसल समान खरीद गरी पार्क निमार्ण गरेका कारण चार महिना नबित्दै लथालिङ्ग भएका छन् । कञ्चनरुप नगरपालिकाको वडा नम्बर ४,५,८ र १० मा निमार्ण गरिएको चिल्ड्रेन पार्कको ४ महिना नबित्दै लथालिङ्ग अस्थामा पुगेका छन् ।
     मंगलवार अवलोकित दैनिकका टिमले निरीक्षण गर्न जादा पालिकाले चिल्ड्रेन पार्कमा बच्चाहरुकालागी  खेल्न ल्याईएको खेलकुद सामग्रीहरु कतिपय भाचिएको अवस्थामा रहेको पाईएको छ । 
कञ्चनरुप नगरपालिकाका स्रोतका अनुसार उक्त पार्क निमार्णमा करिब २ करोड ६ लाख भन्दा बढी खर्च भएको बताइएको छ । समाजिक अभियन्ता  तथा सोसलरियलाईटी रोशनराज ठाकुरका अनुसार पालिकाले ४ वटा वडाहरुमा चिल्ड्रेन पार्क निर्माण गरेपनि अहिले कुनै पनि पार्क संचालनमा रहेको छैन । उनले भने,‘चिल्ड्रेन पार्कको अवस्था हेर्दा पार्क निमार्णका नाममा केही व्यक्ति मोटाउने काम मात्रै भएको छ, जुन उद्देश्यका लागि पार्क बनाइएको हो त्यो पुरा भएको छैन ।’ नगरपालिकाले चिल्ड्रेन पार्क कतै अव्यवस्थित ठाउँमा बनाएको छ भने कतै चिल्ड्रेन पार्कमा ल्याईएको सामग्री भाचिएको अवस्थामा छ । 
     नवप्रवर्द्धन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार प्रत्येक प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका १० वटा स्थानीय तहमा रु.१ करोड ५० लाखका दरले १० वटा सिर्जनशील आयोजनामा लगानी गरेका छन् ।  कञ्चनरुप नगरपालिकालाई पार्क निमार्णका लागि १ करोड ४३ लाख र पालिकासमेतबाट गरी २ करोडभन्दा बढी रकममा पार्क निमार्ण भएको हो ।
 

प्रतिक्रिया