बाँके,भदौं ६ गते ।
जनता समाजवादी पार्टी बांकेमा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले दुर्गा प्रसाद बर्माको अध्यक्षतामा ६८ सदस्य जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ ।
भेलाले बाँके जिल्ला आयोजक समितिको उपाध्यक्षद्धयमा भीम जंग शाह र जाकिर राई, सचिवमा राजेन्द्र बिश्वकर्मा ,कोषाध्यक्षमा अजय टण्डन,उप–सचिवमा साधना बर्मा,उप–सचिवमा बिकास बिक्रम थापा सहित ६८ सदस्यीय कार्यसमिति चयन गरेका छन् ।
त्यसैगरी भेलाले मोहम्मद अहमद राईको अध्यक्षतमा समाजवादी युवा संघ बांकेको ४५ सदस्य समिति गठन गरेका छन् । समितिका उपाध्यक्षत्रयमा राजीव खडकाउपाध्यक्ष र गोबिन्द सलामी, रबिन्द्र बर्मा,सचिवमा सईद खां,उप–सचिवमा करुणाकर बर्मा,कोषाध्यक्ष श्यामा यादव सहित ४५ सदस्यीय समिति गठन गरेका छन् ।
त्यसैगरी गीता मल्लको अध्यक्षमा ४० सदस्य समाजवादी महिला संघ बांकेको गठन गरिएको छ । समितिमा उपाध्यक्षमा मिरा वैश्य, लालिमा मल्ल, मन्जु रिजाल,सचिवमा सोनी राई सहित ४० सदस्यीय सदस्य समिति गठन गरेका छन् । नेपालगंज उपमहानगर समितीमा अरुण सिंहको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन भएको छ । डुडवा गा.पा. समाजवादी युवा संघमा रियाजुद्दीन खानको अध्यक्षतामा ५१ सदस्यीय समिति सम्त गठन भएको छ ।
प्रतिक्रिया