राजविराज, भदाै ८ गते ।
मधेश लाइभ डटकमका समाचार संयोजक रामशंकर भण्डारी प्रेस मंच नेपालमा प्रवेश गरेको छ । शनिबार एक कार्यक्रमबिच मञ्चको केन्द्रीय महासचिव अवधेश झा, केन्द्रीय सदस्य चन्दन यादव तथा जिल्ला अध्यक्ष भुषण सिंह सहितको प्रेस मंच आवद्ध पत्रकारहरुको उपस्थितिमा संगठनमा स्वागत गरिएको हो । उनले प्रेस मंच नेपाल पत्रकारको लागि सदैव लडने गरेको देखिएकोले यसमा आवद्ध भएको धारणा व्यक्त गरे ।
पत्रकारिता स्वतन्त्र हुनुपर्ने मेरो मान्यता रहेको छ तर त्यस्तो गरिरहँदा चुनौती पनि उत्तिकै छ । सुरक्षा महत्वपुर्ण छ । हामी एकजुट भएर गए मात्र सुरक्षित पत्रकारिता गर्न सकिन्छ । हामी संगठनमा एक भएपनि त्यसको प्रभाव समाचारमा नपर्ने नै हाम्रो बिशेषता हो । पत्रकारसँग समाचार संकलनकै क्रममा भएको घटनामा सप्तरी पत्रकार दुई खेमामा विभाजित भएको छताछुल्ल छ, भण्डारीले भने, हालको परिस्थिति सप्तरीको पत्रकारितामा एक विकट समस्या हो । एक खेमा जसले पालिकासँग सम्बन्ध कायम राख्न वार्ताको पक्षमा छन भने अर्को पक्ष समग्र पत्रकारको सुरक्षित भविष्यको लागि नयाँ आयाम कायम गर्ने अडानमा छन् । म यस संगठनमा जुडनुको कारण पनि यही हो। यहाँ मैले एक पत्रकारको रूपमा सुरक्षाको प्रत्याभुति हुने महसुस गरे ।ु
उनलाई स्वागत गर्दै मञ्चका महासचिव झाले मञ्च सदैव पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको लागि लडने संस्था रहेको बताए ।
त्यस्तै जिल्ला अध्यक्ष सिंहले भण्डारीलाई स्वागत गर्दै अझै कोही पत्रकार मञ्चमा आवद्ध हुन चाहे स्वागत गर्न मञ्च सदैव तयार रहेको बताए ।
प्रतिक्रिया