कञ्चनरुपका नगर प्रमुख र हाकिम एक साता देखि कार्यकक्ष बन्द गरेर गायबः इन्जिनियर डेढ महिना देखि कार्यालय आउँदैन्न्, नेकपा, एमालेद्वारा तत्काल कार्यालय सझचालन गर्न माँग

...

कञ्चनपुर, भदौ ९ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका जिम्मेबार व्यक्तिहरु एकै पटक कार्यालयमा विना सूचना गयल भएपछि पालिकाका सेवाग्राही सास्ती भोग्न बाध्य छन् ।
पालिका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह एक हप्तादेखी विना जानकारी कार्यालय नआएपछि सेवाग्राहीलाई मार्का परेको छ । 
कार्यालय संचालनका लागि अति आवश्यक दर्ता चलानी र हाजरी रजिष्टर समेत प्रमुख प्रशासकीय अधिकृत साहले 
आफनो कोठामा थुनेर गएपछि समस्या भएको छ ।


असार मसान्त सके लगत्तै प्रमुख प्रशासकीय अधिकृत साह तिर्थाटन गर्न भारत गएका थिए । प्रमुख प्रशासकीय अधिकृत साहसँगै नगर प्रमुख ललन प्रसाद गुप्ता पनि भारतमा घुमफिरमा व्यस्त थिए । 
तर पछिलल्लो समय प्रमुख प्रशासकीय अधिकृत साहको सरुवा भएपछि एक हप्तादेखी कार्यकक्षमा ताल्चा लगाएर गायब भएको छ । अहिलेसम्म कसैलाई पनि निम्तिको जिम्मेबारी दिइएको छैन । यता भारतको तिर्थाटन र पर्यटकीय भ्रमणपछि नगर प्रमुुख गुप्ता पुनः आन्तरीक पर्यटन प्रर्बद्धनमा पुरा बटालियन सहित एक सातादेखी कार्यालय आएका छैनन् ।
गत असार २४ गतेदेखी पालिका इन्जिनियर शशीकान्त चौधरी लागातार डेढ महिनादेखी कार्यालयमा नआएपछि घर जग्गा फाँट अस्तव्यस्त भएका छन् ।  
घर नक्सा पास गरेर घर बनाउने जनताहरुलाई समेत सास्ती भइरहेका छन् । 
यता नेकपा एमालेका नगर कमिटि सदस्य केबल खत्रीले पालिकाको दैनिक कामकाज रोकिएकोमा सरोकारवालालाई ध्यानकर्षण गराएका छन् । 
सचिव खत्रीद्धारा आईतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सप्तरी जिल्ला कंचनरुप नगरपालिकाको सम्पूर्ण सेवा÷ काम काज रोकिएकोमा नेकपा एमाले नगर कमिटिको ध्यानाकर्षण भएको छ । नगर प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृतको कोठाको ताल्चा मिति २०८१/०५/०५ देखि हालसम्म नखुलेको हुदा सेवाग्राहीहरू मारमा पर्दै आईरहेका छन् । 


कर्मचारीहरुको हाजिरी रजिस्टर, दर्ता चलानी रजिस्टर समेत प्रमुख प्रसासकीय अधिकृतको कार्यकक्ष मै बन्द रहेकोले कर्मचारीहरु दैनिक रुपमा हाजिरी समेत गर्न पाएका छैनन् । निमितः कर्मचारी समेत नतोकिएकोले सेवा ग्राहिहरु दैनिक रुपमा नगर पालिका जाने र फर्किने वाहेक कुनै पनि काम काजहरु हुने नगरेकोले सेवा ग्राहिहरु सास्ती भोग्दै आइरहेका छन् यस्ता क्रियाकलापहरु प्रति नेकपा एमाले नगर कमिटि घोर भत्सर्ना गर्दछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले नगर कमिटिले सेवा ग्राहीहरुको काम काजमा कुनै किसिमको वाधा नगराई सहज रुपमा सेवा सुचारु गर्ने व्यवस्था मिलाउन, कर्मचारीहरुको दैनिक हाजिरी लगायत नगर पालिकावाट संचालन हुने सम्पूर्ण सेवाहरु यथा सिघ्र संचालन गर्न माग गर्दछ साथै जनताको दैनिक कामकाजमा आइरहेको अवरोध प्रति एक जिम्मेवार राजनैतिक पार्टीको हिसावाले गम्भीर भएको समेत जानकारी गराउन चाहन्छौ ।’

प्रतिक्रिया