कञ्चनपुर,भदौं ११ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १ बैरवाको खंग टोलबाट मंगलबार बिहान ४ बजे पाँच घरमा चोरी भएको छ ।
स्थानीय विशेषवर खंगको एक लाख नगद आफ्नो छोरालाई बिदेश पठाउनको लागि नेरुडे लघुवित बित्तीय संस्था लिमिटेड बाट उठाएर लियानुभएको थियो र सुन ३ भरी, पायल १४ भरी , बलिया २४ भरी, करा ४४ भरी हात पंजा २० भरी सिक्री ४ भरी चोरी भएको पीडितहरुले जनाएको छ ।
त्यस्तै भोला खंगको पाँच हजार नगद, सुन दुई आना, चांन्दी २५ भरी चोरी भएका छन । त्यस्तै अनुरोध खंगको तीस हजारको एक थान मोबाईल चोरी भएको छ । त्यही गाउँका स्थानीय उमेश खंगको ३१ तौला चांन्दी र घरका समानहरु फुटाएको छ । त्यस्तै दुखीलाल खंगको घरमा चोरी गर्न प्रवेश गरेको थियो चोरहरुले तर केही पनि नभेटेपछि त्यहाँबाट भागेका थिए ।
घरमा चोरी भएको थाहा पाउनसाथ प्रहरीलाई खबर गरी खोजतलास गर्दा पनि अहिलेसम्म फेला नपरेको पीडितहरुले अवलोकित दैनिकको टिमलाई रुदै बताए । इलाका प्रहरी कार्यालय कंचनपुरबाट बिहान ०७ः१५ बजे नै प्रहरी टोली आएर चोरी भएको मुचुल्का उठाएर नगद र गर गहना खोजी कार्य जारी राखेको कंचनरुप नगरपालिका वडा नम्बर १ का जनमत पार्टीको नेता रामदेव शर्माले जानकारी दिए ।
यस क्षेत्रमा सवारी साधन तथा त्यसमा लाग्ने उपकरण, पशुचौपायाँ, विधुतीय मोटर र किराना पसलहरुमा दिनहुँ चोरीको घटना वृद्धि हुँदा स्थानीयबासी त्रसित भएका छन् । तर सरोकारवाला निकाय यस्ता घटनाप्रति जिम्मेबार छैन ।
प्रतिक्रिया