वडा नम्बर ८ र ४ मा खानेपानीको वडास्तरीय उप–समिती गठन

  • कार्तिक २४, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,कार्तिक २४ गते ।
कञ्चनपुर सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिती कञ्चनरुप नगरपालिकाले शनिवार वडा नम्बर ८ मा वडास्तरीय उप–समिती गठन गरेको छ ।                 कञ्चनरुप नगरपालिका वडा नम्वर ८ मा कञ्चनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीका नगर उपाध्यक्ष रामेश्वर कौडगीयाको अध्यक्षता तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको प्रमुख आतिथ्यमा बैठक बसी उक्त समिती गठन गरिएको हो ।
    राधा कृष्ण गुप्ताको संयोजकत्व तथा डम्वर रोहिता र अरुण यादवको स–संयोजकत्वमा २१ सदस्य वडा स्तरीय उप–समिती गठन भएको छ । समितिमा रामविहारी राउत, करण मण्डल, जयत्री पासवान, सुदम्बर यादव, जन्नत मंसुरी, उमेश रौनियार, बल्ली ठाकुर, सत्य थापा मगर, भोला थापा, काशिनाथ शरण, नन्दकिशोर गुप्ता, गजेन्द्र गुप्ता लगायत सर्वसहमतबाट चयन भएको खानेपानी तथा सरसफाई उपभोक्ता समितीका नगर उपाध्यक्ष रामेश्वर कौडगीया जनाएको छ ।
त्यस्तै गत शुक्रवार वडा नम्बर ४ मा वडास्तरीय उप–समितीमा बैजनाथ प्रसाद साहको संयोजकत्वमा १३ सदस्य वडा स्तरीय उप–समिती गठन भएको छ । समितिमा पुनम देवी यादव, रञ्जन कुमारी सिंह(पासवान),मन्दिरा भुजेल,प्रभुलाल यादव,बेचन चौधरी, लक्ष्मण सरदार,राम प्रसाद मण्डल,लक्ष्मण चौधरी,जगरनाथ विश्वास,राजेन्द्र ठाकुर(राजु),नबिन प्रसाद गुप्ता,उमेश चौधरी सर्व सहमतबाट चेयन भएको खानेपानी तथा सरसफाई उपभोक्ता समितीका नगर उपाध्यक्ष  कौडगीयाले जनाएको छ । उक्त बैठकमा वडा अध्यक्ष,वडा सदस्य,राजनैतिक दलका प्रतिनिधिहरु ,बुद्धिजिवी,संचारकर्मी समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया