कञ्चनरुपका नगर प्रमुख गुप्ताले एकसातापछि रौनियारलाई सरुवा गराएर कमलदेव यादबलाई ल्याएः भोली पदभार ग्रहण

...

कञ्चनपुर, भदौ ११ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले प्रमुख प्रशसाकीय अधिकृत रामनारायण साह(रौनियार)लाई सरुवा गराएर नयाँ उनको ठाउँमा कमलदेव यादबलाई ल्याएका छन् ।
एक बर्षभन्दा बढी र नगरप्रमुख गुप्ताको स्वार्थ अनुकुल काम गर्न इन्कार गर्नका साथ प्रमुख प्रशासकीय अधिकृत हेरेफेरको क्रम अझै रोकिएको छैन ।  गत आर्थिक बर्षमा बिबादित केही भुक्तानी गर्न प्रमुख प्रशासीय अधिकृत साहले अस्वीकार गरेपछि लगत्तै नगरप्रमुख गुप्ताले नयाँ हाकिम खोज्दै हिडेका थिए । 
एक साताअघि नै कमलदेव यादबको सरुवा भएपनि प्रमुख प्रशासकीय अधिकृत साहले सरुवा रोकाउन र नगरप्रमुख गुप्ता सरुवा भएका नयाँ हाकिम यादबलाई ल्याउन एक सातादेखी काठमाडौंमा बसेका थिए । एकसाताको रसाकस्कीपछि कमलदेव यादबलाई नै आउने पक्का भएको छ ।
नगरप्रमुख गुप्ताले  रामनारायण साहको सरुवा थमौटी गर्न गएको बाहिर हल्ला चलेपनि खासमा कमलदेव यादबको सरुवा गराएर ल्याउन गएको पाइएको छ । नयाँ प्रमुख प्रशसाकीय अधिकृत यादब मंगलबार नै कञ्चनरुप आइसकेको छ । नगरपालिकास्रोतका अनुसार बुधबार नयाँ हाकिमले कार्यभार सम्भाल्ने छ भने रामनारायण साहको बिदाई कार्यक्रम आयोजना हुनेछ ।
एकसातादेखी पालिका प्रमुख गुप्ता र प्रशासकीय अधिकृत रामनारायण साहले कार्यालय संचालनका लागि अति आवश्यक दर्ता चलानी र हाजरी रजिष्टर समेत बन्द गरेर काठमाडौं गएपछि सेवा प्रभावित हुनुका साथै कर्मचारीहरुले हाजरी समेत गर्न पाएका थिएनन् ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई समेत नगरप्रमुख गुप्ताले बेज्जतीपूर्ण तरिकाले सरुवा गराएका थिए भने पुरुषोत्तत घिमिरेलाई त हातपात नै गरेर भगाएका थिए । कञ्चनरुप नगरपालिकाका प्रवक्ता कृष्णा प्रसाद साहले बुधबारदेखी कार्यालय नियमित रुपमा संचालन हुने बताए । उनले भने,‘ मेयरसाब र हाकिम पनि आएको छ,अब नियमित कार्यालय खुल्छ ।’
 

...

प्रतिक्रिया