उपभोक्ताहरुको आन्दोलनपछि खानेपानीको महसुल दर ५० प्रतिशतले घट्यो

...

कञ्चनपुर,भदौं १२ गते ।
उपभोक्ताहरुले आन्दोलन गरेपछि सप्तरीको कञ्चनरुप नगरपालिकामा संचालित शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले महसुल दर ५० प्रतिशत भन्दाबढी घटाएको छ ।
संस्थाले सरकारले तोकेको न्यूनतम महसुल दरभन्दा ७ गुणा बढी शुल्क तोकेर लुट मच्चाउँदै आएका थिए । कञ्चनरुप नगरपालिका ८का मदन गुप्ताको नेतृत्वमा विगत डेढ महिनादेखी आन्दोलन गरेपछि बुधबार सर्वपक्षीय समितिले महसुल दर घटाउने निर्णय गरेको हो ।
आन्दोलनकासमितिका संयोजक मदन गुप्ताका अनुसार अव १२ युनिटसम्मको
 ७५ रुपैया न्यूनतम महसुुल कायम गर्ने निर्णय भएको बताए ।
गुप्ताले यसअघि संस्थाले जनताको ढाड सेक्ने काम गरेपछि उपभोक्ताहरुले आन्दोलन गरेका थिए  । कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नगरपालिका समेतलाई बेवास्ता गरी सरोकारबालसँग छलफल बिनै न्यूनतम महसुल दर कानूनभन्दा ७ गुणा बढी तोकेपछि उपभोक्ताहरु मर्कामा परेका थिए ।
खानेपानी सेवा महसुल (असुल उपर गर्ने) नियमावली, २०५०को नियम ९ अनुसार धाराको महसुल दर न्यूनतम २० रुपियांँ तोकेको छ तर कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १ सय ५० रुपियांँ तोकेको छ । उक्त रकम सरकारले तोकेको भन्दा ७ गुणा बढी हो । 
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सरोकारबालासंगको छलफल विनै आफुखुशी अत्यधिक महसुल तोकेपछि प्रतिउपभोक्ता मासिक १७ हजारभन्दा बढीको बिल उठेको छ । कञ्चनरुप नगरपालिका८का सुरेश कुमार राउतको २०२ युनिटको महसुल १७ हजार २ सय ९५ रुपियांँ उठेको छ । त्यसैगरी सोही वडाका बिनोद सरबरियाको १५६ युनिटको १३ हजार ६ सय ९५ रुपियांँ,नन्दकिशोर प्रसाद गुप्ताको ५४ युनिटको ३हजार ४ सय ९५ रुपियांँ,विनिता चौधरीको ३९ युनिटको एक हजार ९ सय ९५ रुपियांँ,किरण गुप्ताको ३६ युनिटको १ हजार ६ सय ९५ रुपियांँ,काशीनाथ शरणको २९ युनिटको १ हजार १ सय ५५ रुपियांँ,विरेन्द्र प्रसाद गुप्ताको २३ युनिटको ७ सय ८५ रुपियांँ महसुल उठेको छ ।
 

प्रतिक्रिया