कोशी पलारबाट बँदेल र हतियारसहित १० शिकारी पक्राउ : पक्राउ पर्नेमा पूर्व उपसभामुखका छोरादेखि पूर्व डिआईजीसम्म

...

कञ्चनपुर, १३ भदौ । 
सप्तरी प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोसी पलार क्षेत्रबाट बुधवार राती मारिएको बँदेल अवैध हतियारसहित १० जना शिकारीलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा पूर्व उपसभामुखका छोरादेखि पूर्व डिआईजीसम्म छन् । 
कोसी पलार क्षेत्रमा बँदेलसहितका जंगली जनावर शिकार गरिरहेको अवस्थामा पूर्व उपसभामुख गंगाप्रसाद यादवको छोरा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का ३७ वर्षिय अकाश यादव र नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी सुनसरीको इटहरी उपमहानगरपालिका २ का ६१ वर्षिय ज्ञानविक्रम शाह रंगेहात पक्राउ परेका हुन् । 
यस्तै सोही शिकारीको क्रममा नेपाल प्रहरीका बहालवाला सईसंजय न्यौपानेसमेत पक्राउ परेका छन् ।  विराटनगर महानगरपालिका ३ का ४४ वर्षिय न्यौपानेहाल मधेश प्रदेशको बर्दीबासमा कार्यररतत छन् । 
यसैगरी अन्य शिकारीहरुमा सप्तरीको तिहुत गाउँपालिका २ का ५१ वर्षिय लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी नपा २ का जनार्दन राउत, सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३३ वर्षिय प्रदीप लिम्बु, राजविराज नगरपालिका ७ का २५ वर्षिय रविन दास, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ का २३ वर्षिय ओमशंकर प्रसैला, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का ५० वर्षिय लक्ष्मण मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहाका ५१ वर्षिय शंकर प्रसाद यादव छन् । 
पक्राउ परेकाहरुको साथबाट २२ क्यालिवरको राईफल १ थान, राईफलको म्याग्जीन २ थान, त्यसको गोली १५ थान, वाईनाकुलर ३ थान, ट्राइपोटर्र १ थान, फलामको हटौडा १ थान, खुर्पा १ थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को २ त ६९ नम्बरको ट्रयाक्टर १ थान र मारिएको बँदेल १ थान प्रहरीले बरामद गरेको छ ।
यसैगरी पूर्व डीआईजीको साथबाट अवैद्य हतियारसमेत बरामद भएको र उनको छुट्टै कार तथा त्यसमा रहेका अरु हतियारहरु प्रहरीले बरामद गर्न नसकेको स्थानीय श्रोतको भनाई छ । ती श्रोतका अनुसार र्पूवडीआईजीको कार भारदह–पोर्ताहा क्षेत्रमै राखिएको छ । 
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकाहरुमाथि वन डिभिजनकोसँगको समन्वयमा विस्तृत अनुसन्धान भईरहेको जानकारी दिनुभयो । 
कोसी टप्पु क्षेत्र र कोसी नदी क्षेत्रमा पछिल्लो ४–५ वर्षदेखि पूर्व डीआईजी शाहको नेतृत्वमा यी पक्राउ परेका शिकारीहरुले जंगली जनावरको शिकारी गर्दैआएपनि पक्राउ पर्न सकेको थिएन् । कोसी क्षेत्रमा गाँजा तस्करीको अप्रेशनमा खटिएका नेपाल प्रहरीका टोलीले शिकारीहरुलाई पक्राउ गरेको हो । यसअघि गत माघ १९ गते एउट मृग र हतियारसहित राजविराज नगरपालिका ५ का डा. शैलेशकुमार झा पक्राउ परेका थिए । उनी पनि यही शिकारी गिरोहका सदस्य हुन् । 

प्रतिक्रिया