सशस्त्र प्रहरी महानिरिक्षक अर्यालद्वारा सप्तरीमा तालिम केन्द्रको उद्घाटन

...

कञ्चनपुर,भदौं  १४ गते ।
 सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सप्तरीको कन्चनरुप नगरपालिका वार्ड न. २ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उद्घाटन गर्नुभएको छ ।
उक्त अबसरमा माहनिरिक्षक अर्यालले गत बर्षमात्र नेपाल सरकारले स्तरोन्नती गरी सशस्त्र प्रहरी बरिस्ठ उपरिक्षक सहित संरचनागत रुपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक बर्षभित्रनै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रंसशा गर्नुभयो ।  
उक्त अवसरमा महनिरिक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालमा कार्य प्रक्रिती अनुसारका तालिम केन्द्रहरु रहेको हुनाले सोही अनुसार तालिमहरुको बिभाजन गरी उल्लेखित स्थानहरुमा मात्र तालिमहरु सन्चालन गरिने कुरा ब्यक्त गर्नु भयो ।  बिपद ब्यबस्थापन, हुल तथा दंगा, सिमा सुरक्षा, युएन शान्ती स्थापना सम्बन्धी तालिमहरु सन्चालनको लागि तालिम शिक्षालयहरु रहेकोमा अब देखी बिशेष प्रक्रितीका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको ब्यहोरा उल्लेख गर्नु भयो । एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एबं  वाटर रेस्क्यू सम्बन्धित तालिमहरु उल्लेखित शिक्षालयमा सन्चालन गरिने महनिरिक्षक अर्यालले बताउनु भयो । 
माहनिरिक्षक अर्यालले शिक्षालयको कार्यालय भवन अगाडि तयार गरिएको शिलालेखको पर्दा अनवरण गरी उद्घाटन गर्नु भएको थियो ।  सो अवसरमा शान्तीको प्रतिक एक जोडी सेतो परेवा समेत उडाइएको थियो ।  
उद्घाटन कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिस्ठान काठमाडौंका सशस्त्र  प्रहरी नायब महानिरिक्षक कमल गिरीले स्वागत मन्तब्य, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारि मेख बहादुर मंग्रातीले मन्तब्य र शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरिक्षक दिग बिजय सुबेदीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।  
उक्त कार्यक्रममा स्थानिय सरकारका प्रमुखहरु, उपप्रमुखहरु, कोशी र मधेश प्रदेशका सशस्त्र प्रहरी बल नेपालका बाहिनिपतीहरु, अन्य तालिम शिक्षालयका समादेशकहरु, मधेश प्रदेशका सशस्त्र प्रहरीका जिल्ला स्थित प्रमुखहरु, अन्य कार्यालयका कार्यालय प्रमुखहरु स्थानिय संघ संस्थाका प्रमुखहरु र स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।  
सो अवसरमा तालिम केन्द्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उपरीक्षक सहित अठार जनालाई प्रसँशापत्र प्रदान गरिएको थियो । शिक्षालयलाई प्रत्यक्ष्य सहयोग गर्ने नगरपालिका, गाउपालिका, स्थानिय ब्यक्तीहरुलाई समेत प्रसँशा पत्र द्वारा सम्मान गरिएको थियो ।  
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त बिभिन्न कार्यदेशहरुको सम्पादन प्रभाबकारी एबं उत्कृष्ट ढंगबाट गरी संगठनको गरिमा राख्ने कार्य गरेको हुँदा उक्त कार्यको उच्च कदर स्वरुप शिक्षालयका प्रमुख समादेशक एसएसपी दिग बिजय सुबेदीलाई महानिरिक्षक राजु अर्यालले सशस्त्र प्रहरी महानिरिक्षक प्रशन्साद्वारा बिभुशित गर्नु भएको थियो ।
 

प्रतिक्रिया