खाद्य पसलमा आगो लगाएको आरोपः सम्बन्धि विवाद १० बर्सिय एक बालक र ज्येष्ठ नागरिक सहित ४ जना घाइते 

...

कञ्चनपुर, भदाै १६ गते ।

सप्तरीको तिरहुत गाउँपालिका गोईठीमा खाद्य पसलमा आगो लगाएको आरोप सम्बन्धि भएको बिवाद एक वृद्ध सहित चार  जनालाई निर्घात कुटपिट गरेको घटना आइतबार बाहिरिएको छ। सप्तरीको तिरहुत गाउँपालिका वार्ड न ३ बलराम महतो र पलट महतो को परिवार बीच भएको सम्बन्धि बिवाद हुदा पलट महतो र उनका छोरा एक जना ससत्र प्रहरी गन बलका असाई पदमा रहेको महेन्द्र महतो समेत परिवारहरु मिलेर बलराम महतोको परिवालाई निर्घात कुटपिट गरि सख्त घाइते बनाएको छ। तिरहुत गाउँपालिका वार्ड न ३ गोईठी पलट महतोको छोरा बर्सिय ४५ को बिरेन्द्र महतो, त्यस्तै महतोको छोरा बर्सिय ५० को जोगिन्दर महतो, बर्सिय ४८ महेन्द्र महतो र पलट महतोहरु समेत  मिलेर बास्को चिटपटले निर्घात कुटपिट गरि राजकुमार महतो बर्सिय ३४ ,वृद्द बलराम महतो, कमल बत्ति देवी महतो, प्रावती महतोलाई घाइते बनाएको पीडित पक्षका राजकुमार महतोले बताए।घाइतेहरु मध्ये कमल बत्ति देवी महतोलाई खुकुरी पर्हार गरि घाटीमा टाका लागेका छन भने हात र नाकको हड्डी भाचिएको हुदा कञ्चनपुरका नगर अस्पताल उपचार हुन नसक्दा थप उपचारका लागि धरान स्थित बि।पि कोईराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान रेफर गरिएको छ। घाइतेहरु मध्ये सबै भन्दा बढी गम्भीर भनेको कमल बत्ति देवी महतो रहेका छ भने राजकुमार महतो र प्रावती महतोको हात, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ।
 नगर अस्पतालमा तत्काल उपचारका लागि भर्ना गरिएको चिकित्सकले गम्भीर घाइते देखी पछि मोरङ्का बिराटनगरमा रहेको गोलडेन अस्पताल रहेको थप उपचारका लागि रेफर लगिएको थियो उक्त त्यहा लगिएका त्यहा बाट पनि रेफर गरेर धरानका वि।पि कोईराला स्वस्थ्य  विज्ञान प्रतिस्ठान घोपा क्याम्प उपचार को लागि पठाईयो पीडित पक्षका राजकुमार महतोले कंचनपुरका अवलोकित दैनिकका टिमलाई रुदै बताए। घाइतेहरु मध्ये सबै भन्दा बढी गम्भीर भनेको कमल बत्ति देवी महतो रहेका छ भने राजकुमार महतो, बलराम महतो  र प्रावती महतोको हात, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ।

प्रतिक्रिया