नेपाल बैंकको कञ्चनपुर शाखाले ८३ औ बार्षिकोत्सव मनायो

  • कार्तिक ३0, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर,कार्तिक ३० गते । नेपाल बैक लिमिटेड कञ्चनपुर शाखाद्वारा ८३ औ वार्षिकोत्सवका उपलक्षमा सेवाग्राहीसँग अन्तक्रिया आयोजना गरेर मनाएका छन् ।
नेपाल बैंक लिमिटेडको कञ्चनपुर शाखाले शुक्रबार ८३ औँ बर्ष गाँठ मनाएका छन् । बैंकले ८३ औं वर्ष लेखेको केक काटेर सेवाग्राहीहरुसँग सेवा प्रवाहलाई थप सरल कसरी बनाउने विषयमा अन्तक्रिया गरेर स्थापना दिवश मनाएका थिए । 
नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८२ औं बर्ष सफलतापूूर्वक पुुरा गरि ८३ औंै बर्षमा प्रवेश गरेको छ । यस सुुखद–अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत शुक्रबार सेवाग्राहीसँग अन्तक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा बैंकका ग्राहक,कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 
बैंकको कञ्चनपुर शाखा प्रमुख भुवनेश यादबले ग्राहकसँग अन्तरक्रिया गरे सहजरुपमा सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा सहभागी भएका सेवाग्रहरीले कञ्चनपुरमा बैंक आएको वर्षौ भएपनि सेवाग्रहीसँग कहिलेपनि अन्तक्रिया नभएकोमा यस पटको राम्रो सुरुवात भएको प्रतिक्रिया व्यक्त गरेका थिए ।
३० कार्तिक १९९४ सालमा स्थापित नेपालको अगुवा बैक नेपाल बैक लिमिटेड्ले देशका ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा उपलव्ध गराउंदै आएको छ । नेपाल बैक लिमिटेड्ले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

प्रतिक्रिया