कञ्चनपुर, भदौ १६ गते ।
सप्तरीको सप्तकोशी –४ स्थित ऐतिहासिक चन्द्रनहरको बलारदह स्पेट ९भि।सि० भत्किँदा दर्जनौं घर डुवानमा परेको छ भने लाखौंको क्षति भएको छ । बलारदह चौकदेखि पूर्वपट्टिको सरदार टोल पूर्ण रूपमा डुबानग्रस्त भएको छ भने घरभित्रका सम्पूर्ण नगद तथा जिन्सी सामानहरु क्षतिग्रस्त भएका छन्।
बाढीले दिपेन्द्र कुमार सरदार, सुखिलाल सरदार, मुखिलाल सरदार, बीरेन्द्र सरदार, राजीन सरदार, बिहारी सरदार, भोलाप्रसाद सरदार, बद्री सरदार, लक्ष्मी सरदार,सुरज दासलगायत दर्जनौं मानिसहरुको घर डुवानमा परेको छ। अकस्मात् शनिवार बेलुका आएको उक्त बाढीले आधारभूत आवश्यकताका अन्नअनाज, लत्ताकपडा, रुपैयाँ पैसा, बिछ्यौनाजस्ता सामग्रीहरू बगाइदिँदा पिडितहरु बिचल्लीमा परेका छन् ।
यसैगरी स्थानीय जागेश्वर दासको पोखरी भत्काई माछा बगाईएको छ भने पश्चिमी बाँध भत्काइएको छ। सरदार बस्ती पूर्वका झण्डै पच्चीस बीघा जमिनको धानबाली बाढीले नष्ट गरेको छ।
प्रतिक्रिया
HhEDWlosSTLzZR
२0८१ भाद्र १६ गते २0:२0
MtgdvwQY
जवाफ दिनुहोस्
HhEDWlosSTLzZR
२0८१ भाद्र १६ गते २0:२0
MtgdvwQY
जवाफ दिनुहोस्