चौर्तफी दबाब पछि पूर्व डिआइजी सहित ९ जनालाई कार्यवाहीका लागि प्रहरीले वनलाई बुझाए

...

कञ्चनपुर,भदौं १७ गते । 
सञ्चारमाध्यमले निरन्तर समाचार प्रकाशित गरेपछि सप्तरी प्रहरीले बाध्य भएर बँदेल मारेको घटनाका आरोपीलाई पूर्व डिआइजी सहित १० मध्ये ९जनालाई आईतबार राति थप अनुसन्धानका लागि सब डिभिजिन वन कार्यालय कञ्चनपुरलाई बुझाएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी टप्पु क्षेत्र अन्तर्गत कोसीव्यारेजबाट गत भदौ १२ गते बुधबार मध्यराती कोशी टप्पुबाट बँदेल मारेर ट्याटरमा लोड गरी लैजाँदै गरेका १० जना शिकारीलाई प्रहरीले पक्राउ गरेका थिए । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार अनुसार पक्राउ गरिएका शिकारी टोलीमा पूर्व डिआईजी ज्ञानविक्रम शाह र बहालबाला प्रहरी नायव निरीक्षक सञ्जय न्यौपानेसहितलाई धनजमनी छाडेका १० जनामध्ये ९ जनालाई  थप अनुसन्धानका लागि सब डिभिजन वन कार्यालय कञ्चनपुरलाई जिम्मा दिएको हो । सिकारी टोलीमा पक्राउ परेका मध्ये हनुमाननगर कंकालिनी नगरपालिका–८ निवासी आकाश बहरखेर यादव विरामी रहेकाले हाजिर नभएको सप्तरीका प्रहरी प्रबक्ता नेउपानेले जानकारी दिएका छन् ।
प्रहरीले घटनास्थल मुचुल्का सहितका आवश्यक कागजात मिलाएर नपठाएका कारण सुरुमा वन कार्यालयले इलाका प्रहरी कार्यालयले आरोपीहरुलाई बुझाउन जादा बुझन इन्कार गरेका थिए । प्ररीले मुचुल्का सहित आवश्यक कागजात संसोधन गरेर पठाएपछि मात्रै राती वन कार्यालयले ९ जनालाई थप अनुसन्धानका लागि जिम्मा लिएका थिए ।  वन कार्यालयले घटना भएको यतिका दिनसम्म किन नबुझाएको भन्दै प्रहरीलाई जबाफ मागेका थिए । 
सब डिभिजन वन कार्यालयका प्रमुख एवं बँदेल सिकार घटना अनुसन्धान सहायक सन्तोष यादबका अनुसार ९ जना अहिले वन कार्यालयको हिरासतमा छन् । जिल्ला वन कार्यालयलले सचेन्द्र यादबलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले घटनास्थलबाट बरामद हथियार सहित सबै समान समेत वनलाई बुझाएको छ ।
सो घटनामा नगरपालिका–२ का वडा सदस्य जर्नादन राउत, वडा नम्बर –५ का ओमशंकर प्रसैला, वडा नम्बर –१ का लक्षमण मण्डल, वडा नम्बर–३ का शंकर खिडहरी यादव, तिरहुत गाउँपालिका–२ का लक्षमण मण्डल, राजविराज नगरपालिका–७ का रविन दास र इटहरी–२ का प्रदीप लिम्बुलाई प्रहरीले वनलाई बुझाएका छन्।
बँदेल सिकार घटनामा प्रहरीले सिकारीकोे को २ त ६९ नम्बरको ट्रयाक्टर गोली हानी मारिएको बंँदेल लोड गरेर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो पक्राउ गरेका थिए। शिकारी टोलीको साथबाट २२ क्यालीवरको राइफल १ थान, म्यागजीन २ थान, गोली १५ राउण्ड, वाइनाकुलर ३ थान, ट्राइपोर्ट १ थानलगायतका हातहतियार बरामद भएका थिए । 

अवैध चोरीसिकारी गर्नेहरूले मारेको बँदेललाई गाडिएको खाल्टोबाट चार दिनपछि निकालिएको छ । गत बिहीबार साँझ सब(डिभिजन वन कार्यालय कञ्चनपुर परिसरमा गाडिएको बँदेल पोस्टमार्टमका लागि आइतबार बिहान खाल्टोबाट निकालिएको हो । अवैध चोरीसिकारी गर्नेहरूले मारेको बँदेल पोस्टमार्टमबिना नै गाडिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि डिभिजन वन कार्यालय सप्तरीको निर्देशनमा गाडिएको स्थानबाट बँदेल निकालिएको हो ।

प्रतिक्रिया