कञ्चनपुर, भदाै १७ गते ।
नेपाल पासवान समाज सप्तरीले प्रिति पासवानको जीवन रक्षाको मागका लागि सप्तरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
चर्चित कलाकार प्रिति पासवानको जीवन रक्षाको मागका लागि गतआईतबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
कलाकार पासवानको जीवन रक्षाको लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाउन प्रशासनसँग माग गरिएको छ ।
गत १० भदौमा बीरगंजस्थित गहवामाई मन्दिरमा पुगेकी पासवानमाथि केहि उच्छृङख्ल जमातले अभद्र व्यबहार गर्दै पूजापाठमा रोक लगाएको ज्ञापनमा जनाइएको छ ।
यस्तै, पासवान बस्ने बीरगंजस्थित भाडाको घरमा समेत पुगी तोड्फोड एवं त्रास फैलाउने कार्य गरिएको जनाउँदै ज्ञापनमा भनिएको छ, ‘सामाजिक संजाल फेसबुकमा लक्ष्मी मधेशके बेटी र किरण बानियाँ नामक परिचय राखेर खोलिएको एकाउन्टबाट प्रितीको चरित्र हत्या हुनेगरी भद्दा टिप्पणी गरी साइबर अपराध गर्दै आएकोप्रति हाम्रो आपत्ति छ ।’
शान्ति सुरक्षाको व्यवस्था मिलाउँदै नेपालको संविधान २०७२ को धारा २४ बमोजिम दलित एवं दुसाध जाती भनी हेला गरी मन्दिरमा पूजापाठमा रोक लगाउनेमाथि ज्ञापनमा माग गरिएको छ । माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने पासवान समाजका सप्तरी अध्यक्ष उपेन्द्र पासवानले बुझाएको ज्ञापनमा चेतावनी दिइएको छ ।
प्रतिक्रिया