कञ्चनरुपमा शिक्षा क्षेत्र भद्रगोलः भृकुटी माध्यमिक विद्यालय धरमपुरमा ६४ प्रतिशत विद्यार्थी नियमित विद्यालय आउदैँनन्

...

कञ्चनपुर,भदौं १७ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ७ स्थित  श्री भृकुटी माध्यमिक विद्यालय धरमपुरमा कुल ५ सय ८२ जना विद्यार्थीमध्ये मात्र ३६ प्रतिशत विद्यार्थी उपस्थित रहेको पाईएको छ ।
सोमवार अवलोकित दैनिकको टिमले विद्यालय अनुुगमनमा जादा २ सय ८ जना विद्यार्थी मात्र उपस्थित रहेको पाइएको थियो । विद्यालयका सह प्रधानाध्यावक कामेश्वर प्रसाद चौधरीका अनुसार उक्त विद्यालयमा बालविकासमा २९ जना विद्यार्थी मध्ये ४ जना, कक्षा १ तर्फ ३३ जना मध्ये ११ जना, कक्षा २ मा ३७ जना मध्ये ७ जना,कक्षा ३ तर्फ ४४ जना मध्ये १४ जना,कक्षा ४ तर्फ ३० जना मध्ये १५ जना,कक्षा ५ तर्फ ३३ जना मध्ये १० जना,कक्षा ६मा ७२ जना मध्ये २४ जना,कक्षा ७ तर्फ ११७ मध्ये ३३ जना,कक्षा ८ मा ७ जना मध्ये ३९ जना,कक्षा ९ तर्फ ५० जना मध्ये २३ जना र कक्षा १० तर्फ ४ जना मध्ये २८ जना मात्र उपस्थित रहेका थिए ।
चौधरीका अनुसार विद्यार्थीहरुको संख्या कम भएको प्रति हामी शिक्षकहरु यस विषयमा छलफल गरेका थियो र शिक्षाप्रति अभिभावकहरुको कुनै चासो नदेखिएको गुनासो गरे ।
अहिले विद्यालयमा विद्यार्थीको संख्य धेरै कम रहेको छ तर छात्रवृत्ती वितरण गरेको समयमा विद्यार्थीहरुको घुुईचो लाग्ने गरेको चौधरीले दावी गरे । विद्यालयमा भौतिक अवस्था जिर्ण हुदा अधुरो भवन प्रति स्थानिय सरकार ,प्रदेश सरकार र केन्द्रीय सरकारले कुनै ध्यान नदिएको र यस विद्यालयमा ४ वटा दरवन्दी खाली रहेका कारण पठन पाठनमा समस्या हुने गरेको  चौधरीले बताए । 
उक्त विद्यालयमा मावि तर्फ १ जना,नि.मा.वि राहत तर्फ २ जना,प्रा.वि दरवन्दी तर्फ ४ जना,प्रा.वि.राहत तर्फ ३ जना,बालविकास तर्फ २ जना,का.स. १ जना र कार्यालय सहयोगि १ जना लगायत १४ जना कार्यरत रहेको चाधरीले जनाकारी दिए ।
हुने खानेको छोरा छोरी निजिविद्यालयमा न हुने खानेको छोरा छोरी समुदायिक विद्यालयमा पढने गरेको र खास गरी अभिभावकहरुको जनचेतनाको कमिले विद्यार्थीहरु पढन नआउने गरेको बालविकासकी शिक्षिका सुशिला दाहालले बतार्ईन ।
कक्षा कोठाहरुमा पंखा नहुदा साना साना बालबालिकाहरु गर्मीका कारण पठनपाठनमा समस्या हुने गरेको छ र कक्षा ९ र १० मा विद्यार्थीहरुले आफनै रकम संकलन गरी पंखा जडान गरिको पाईएको छ ।
सो विद्यालयका प्रधानाध्यापक अनोज कुमार गुप्ताको अनुउपस्थितिले शिक्षकहरु पनि अन्योलमा रहने गरेका छन् ।
 

प्रतिक्रिया