कञ्चनरुपको सर्वोदयप्रति बक्रदृष्टिः ३५ जनालाई विद्यार्थीलाई छात्रवृत्तिबाट बञ्चित 

...

कञ्चनपुर,भदौं १९ गते ।
सर्वोदय माध्यमिक बिद्यालय कञ्चनपुरले शैक्षिक शत्र २०८१ को एक समाहरोहका बिच  ४ सय ९२ जना छात्रछात्रा बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेपनि ३५ जना बिद्यार्थीलाई छात्रवृत्तिबाट बञ्चित गरेको छ ।
बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित रहेको श्री सर्वोदय माध्यमिक बिद्यालयले कक्षा १ देखि कक्षा ८ सम्मका द्लित छात्र छात्रा २सय ९१ र छात्रा २सय १ जनालाई  छात्रवृत्ति वितरण गरेका हुन् ।
कञ्चनरुप नगरपालिकाका शिक्षा समितिका सदस्य एवं नगरप्रमुखका अघिपछि गर्ने केही व्यक्तिको बक्रदृष्टिका कारण ३५ जना विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित भएका हुन् । 
उक्त बिद्यालयमा कक्षा १ मा दलित छात्रछात्रा ४२ र  छात्रा ६ जनाले छात्रवृत्ति पाईएको छ भने कक्षा २ मा दलित छात्रछात्रा १४ जना छात्रा ७ जना,कक्षा ३ मा दलित छात्रछात्रा २१ जना छात्रा १० जना,कक्षा ४ मा २३ जना दलित छात्रछात्रा छात्रा१२ जना,कक्षा ५ मा दलित छात्रछात्रा २२ जना छात्रा २८ जना,कक्षा ६ मा दलित छात्रछात्रा ६६ जना छात्रा ३७ जना,कक्षा ७ मा दलित छात्रछात्रा ४८ जना छात्रा ५० जना, कक्षा ८ मा दलित छात्रछात्रा ५५ जना छात्रा ५१ जना कुल ४ सय ९२ जनाले छात्रवृत्ति पाईएको बिद्यालयका प्रधानाध्यापक तरानन्द मलिकले जानकारी दिएका छन ।
कञ्चनरुप नगरपालिकाका शिक्षा शाखा र नगर शिक्षा समितिलाई ईङ्गलिश मेडियमका बिद्यार्थीहरुको नाम समेत दिएको थियो तर उनिहरुले एउटालाई पनि नाम समावेशी नगरेको आरोप प्रधानाध्यापक मलिकको आरोप रहेको छ ।
उनले भने कक्षा १ देखि कक्षा ८ सम्मका नेपाली विषयका  ३५ जना छात्रछात्राहरुलाई छात्रवृत्तिबाट बन्चित भएको गुनासो समेत गरेको छ ।
बिद्यालयले कक्षा १ देखि कक्षा ८ सम्मका दलित छात्रछात्रा र छात्राहरूलाई ४ सयको दरले छात्रवृत्ति वितरण गरेको छ भने कुल रकम १ लाख ८२ हजार ८ सय निकासा दिएको जानकारी दिएका छन् ।
सो छात्रवृत्ति वितरण समाहरोहमा कञ्न्चरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्य तथा सर्वोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक तरानन्द मलिकको अध्यक्षतामा वितरण गरिएको हो ।
सोही छात्रवृत्ति वितरणमा कन्चनरुप ८ का वडा अध्यक्ष कृष्ण प्रसाद गुप्ता,वडा सदस्य मन्जु सरवरिया,महाविर मन्डल र स्वागत मन्तव्य बिद्यालयका शिक्षक रमानन्द यादवले दिएका थिए ।
उक्त बिद्यालयले छात्रवृत्ति वितरणको मोका छोपी एक जना शिक्षकको अवकास भएको छ ।
विगत २०४८ साल देखि सर्वोदय माध्यमिक बिद्यालयमा  शिक्षक संजय कुमार स्वर्णकारले पठनपाठन गराउदै  आईरहेको बुधबार अवकास पाईएको हुन् ।
उक्त बिद्यालयमा शिक्षक स्वर्णकारले म्याथ र साईन्स टिचर रहेको प्रधानाध्यापक मलिकले जानकारी दिए ।
 

प्रतिक्रिया