कञ्चनरुपका बरमझियामा डरलाग्दो खाल्डोका कारण दुर्घटनाको जोखिम

...

कञ्चनपुर, भदौ १९ गते ।
महेन्द्र राजमार्ग सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२ स्थित बमरझियामा रहेको सडक खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । राजमार्ग सडकको ढलान उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । 
राजमार्ग सडकको पक्की सडकबाटोमा तीव्र गतिमा आउने गाडीहरू अचानक खाल्डामा परी दुर्घटना हुने गरेको एक स्थानीयले बताए । सडकमा खाल्डा परेपछि सवारीसाधन जोगाएर चलाउनै मुस्किल भएको ई– रिक्क्सा चालक धनिलाल खंगले बताए ।
 तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने गरेको खंगको गुनासो छ । पटकपटक सरोकार भएकाहरूको ध्यानाकर्षण गरिए पनि समस्या समाधान नभएको उनको भनाइ छ ।
मेची देखी महाकाली सम्म जानको लागि राजमार्ग सडक रोज्ने गर्छन् तर खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रममा स्थानीयहरु जिकिर गरे । यति चाँडै समस्या कसरी आयो भनेर आवश्यक छानबिन गरी महेन्द्र राजमार्ग सडक आयोजनाले तत्काल मर्मतका काम अगाडि बढाउनुपर्छ’, उनले बताए ।
 

प्रतिक्रिया