कञ्चनपुर, भदौ २० गते ।
कञ्चनरुप नगरस्तरिय युवा संजालका सदस्यहरूलाई दुई दिने क्षमता बिकास तालिम सम्पन्न भएको छ ।
कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले युवाहरूलाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्नेमा जोड दिए ।
उनले भने राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आएको बताए ।
उनले नगरको बिकासमा युवा संजाल सक्रिय र संगठित भएर समाजिक मुद्वा र
सवालमा अगाडि बढेमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबधता गरे ।
तालिममा स्थानिय शासन संचालन प्रक्रियामा युवाको अर्थपुर्ण सहभागिता सँगै युवामैत्री स्थानिय शासन, युवाको साझा सवाल, पैरबी, बकालत तथा समस्याहरू वारेमा सहजिकरण गरिएको कार्यक्रम अधिकृत चन्दन कुमार यादबले बताए ।
तालिममा योजना तर्जुमामा युवाको सहभागिता, कानुन निर्माणमा युवाको सहभागिता, युवामैत्री बार्षिक नीति, युवा निर्दिष्ट बजेटको ब्यबस्था, योजना कार्यान्वयनमा युवाको सहभागिता, अनुगमन मुल्यांकनमा युवाको सहभागिता बारेमा सहजिकरण गरिएको छ ।
युवा संजालले सवाल पहिचान गर्ने, सवाललाई सम्बोधन गर्न वा समाधान गर्नका लागी सरोकारवाला वा प्रभाबितहरूलाई संगठित र क्षमता बिकास गरी, क्रमिक र होशियारीपुर्वक कार्य गर्नका लागि संजालको क्षमता बिकासमा टेवा पुग्ने तालिमका सहजकर्ता बिनोद शर्माले जानकारी दिए ।
क्षमता बिकास तालिमवाट युवाहरूको समस्या, मुद्वा, सवालहरूको वारेमा पैरबी, बकालत गरी समस्याको सामाधान गरी समुदायलाई सचेत र शिक्षित बनाउने उदेश्य रहेको छ ।
सबल नेपाल द्वारा आयोजित तथा युएसएआईडी को सहयोग, द एसिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्थाले संंचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका महिला, युवा, किसोर किसोरीहरूको अधिकार अभियानको लागि गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिमको आयोजना गरिएको कार्यक्रम म्यानेजर शुभ नारायण भिणवार यादबले जानकारी दिए ।
क्षमता बिकास तालिममा ३० जनाको सहभागिता रहेको थियो । जिल्लाको १८ वटै पालिकामा गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिम सुरू गरिएको सबल नेपालका कार्यक्रम अधिकृत चन्दन यादब जानकारी दिए ।
प्रतिक्रिया