कञ्चनपुर, भदौ २० गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित श्री डिहवार राष्टिय प्राथमिक विद्यालय सिद्धपुरमा कुल १ सय ३ जना विद्यार्थीमध्ये मात्र ९ प्विद्यार्थी मात्र उपस्थित रहेको पाईएको छ ।
बुधवार अवलोकित दैनिकको टिमले विद्यालय अनुुगमनमा जादा ९ जना विद्यार्थी मात्र उपस्थित रहेको पाइएको थियो । विद्यालयका प्रधानाध्यापक रेनु कुमारी यादवका अनुसार उक्त विद्यालयमा बालविकासमा २२ जना विद्यार्थी मध्ये
६ जना, कक्षा १ तर्फ २१ जना मध्ये १ जना, कक्षा २ मा २० जना मध्ये २ जना,कक्षा ३ तर्फ २० जना मध्ये सुन्य,कक्षा ४ तर्फ २० जना मध्ये सुन्य उपस्थित रहेका थिए ।
अहिले विद्यालयमा विद्यार्थीको संख्य धेरै कम रहेको छ तर छात्रवृत्ती वितरण गरेको समयमा विद्यार्थीहरुको घुुईचो लाग्ने गरेको यादवको भनाइ रहेकी छिन ।
यस विद्यालयमा प्रधानाध्यापक तथा बालबिकास शिक्षिका १ जना मात्र रहेको हुदा पठन पाठनमा समस्या हुने गरेको यादवले बताईन।
उक्त विद्यालयमा बालबिकास तर्फ १ जना,कार्यालय सहयोगी तर्फ १ जना,सहयोगी तर्फ १ जना, लगायत ३ जना कार्यरत रहेको यादवले जनाकारी दिए ।
शिक्षक को अभावले र गर्मीको कारणले बिद्यार्थीहरु स्कुल छाडिएको छ । यस विद्यालयमा स्कुलको मैदान घेरा बेरा नरहेको हुदा र टुबेल को नट समेत खोलेर लगेको यादवले आरोप लगाएकी छिन ।
समय समयमा भर्ना अभ्यान नगरेको विद्यार्थीहरुको संख्या कम भएको छ र मुस्लिम विद्यार्थीहरु मदरसामा पढन जानेकोरेको कारणले बिद्यार्थीको संख्या कम भएको बिद्यालयकी प्रधानाध्यापकले बताए । १५ र १६ गते विद्यालय प्र.अ को हाजरी रजिस्टरमा हाजरी समेत नरहेको प्रती दुई दिन बिद्यालय बन्द रहेको सोधपुछ गरेपछि प्रधानाध्यापक निसब्द रहेको पाईएको छ ।
विद्यालय आउने गरेको छ तर हाजिरी नबनाएको उनको भनाई रहेको छ । गत साउन महीनामा छात्रबित्रीको रकम आएका थिए तर पनि अहिले सम्म छात्रवृत्ति वितरण नगरेको पाईएको छ । उक्त छात्रवृत्ति दसौं अगाडि विद्यार्थीहरुलाई वितरण गर्छु यादवले बताईन ।
प्रतिक्रिया