एमबिबिएस परीक्षामा कञ्चनरुपका सुनिल तेस्रो स्थान ल्याउन सफलः वडाअध्यक्षले गरे सम्मान

...

कञ्चनपुर,भदौं २२ गते ।
नेपाल सरकार राष्ट्रिय चिकित्सा आयोगबाट चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) प्रवेश परीक्षामा  देशभरमा १४ औं र मधेस प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल कञ्चनरुप नगरपालिका —९ रुपनगरका सुनिल कुमार साहलाई वडा कार्यालयले सम्मान गरेको छ  ।
कञ्चनरुप नगरपालिका ९ निवासी अशोक साहका छोरा सुनिललाई वडाअध्यक्ष रामसुन्दर यादबले शनिबार एक विशेष कार्यक्रम आयोजना गरि नगद ११ हजार १ सय ११ रुपैया र सम्मान पत्रले समानित गरेको छ । 
कार्यक्रमकम प्रमुख अथिति अवलोकित दैनिकका सम्पादक भोला पासवान र वडाअध्यक्ष यादबले संयुक्त रुपमा साहलाई दोसल्लाह ओढाउनुका साथै नगद र सम्मान पत्रले सम्मान गरेका थिए ।  कार्यक्रममा बोल्दै प्रमुख अथिति पासवानले सुनिलको सर्घषबाट अरुले पनि सिक्नु पर्ने बताए । ‘मधेश शिक्षाका सूचाकाङ्मा पछि रहेपनि हजारौं विद्यार्थी बिच भएको प्रतिस्पर्धामा देशमा १४ औं,मधेशमा तेस्रो र जिल्लामा पहिलो भएर पालिकाको नाम रोशन गरेको छ ।’ 
पालिकाले शिक्षा क्षेत्रलाई राजनीतिको अखडा बनाएर उपेक्षा गरेका कारण कञ्चनरुपको शिक्षा क्षेत्र धरासायी भएको बताउँदै पासवानले शिक्षा क्षेत्रमा बिना लगानाी सुधार सम्भव नहुने बताए । ‘ शिक्षामा शिक्षक,विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिबीच तालमेल नमिलेसम्म सुधार गर्न असम्भव रहेको पासवानको तर्क थियो ।
कार्यक्रममा कञ्चनरुपका कार्यपालिका सदस्य शोभा पासवान,रञ्जु कुमारी सरदार,वडासदस्य राजकुमार महतो,झंझारबत्ति राम लगायतले सुनिलाई बधाई दिदैँ अगामी दिनमा सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
कञ्चनरुप ९का वडाअध्यक्ष रामसुन्दर यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पालिकाको जिन्सी शाखा प्रमुख खेमराज यादबले गरेका थिए । उक्त अवसरमा वडाअध्यक्ष यादबले वडा भित्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गरीरहेको जानकारी गराएका थिए । 
शिक्षामा सबैभन्दा पछाडी रौतहटका विद्यार्थी पहिलो र दोस्रो स्थान ल्याउन सफल
शिक्षा, साक्षरतामा देशको ७७औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहटका दुईजना विधार्थी एमबिबिएसको परीक्षामा नेपालमै क्रमशः पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् ।
एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनौट परिक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोश्रो स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।
शिक्षा मन्त्रालयद्धारा शुक्रवार प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका– १, जेठरहिया  चिकना गाँउका विधार्थी अनिषराज प्रजापति देशमै पहिलो स्थान (नेपाल टप) र माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विधार्थी मधुसुदन प्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका छन् । 
एमबिबिएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएका छन् । यसअघि गत एसईई परीक्षामा पनि दुर्गा भगवती गाउँपालिकाकी एकजना छात्रा अञ्जली कुमारी झाले  ४ जिपिए अंक ल्याएर देशमै उत्कृष्ट बनेकी थिइन् ।
 

प्रतिक्रिया